शिक्षाको गुणस्तर सुधार्न घरदैलोमा शिक्षक

दमौली : शिक्षाको गुणस्तर सुधार्न यहाँको व्यास नगरपालिका–४ स्थित बेदव्यास प्राथमिक विद्यालयका शिक्षकहरु अभिभावकको घरदैलोमै पुग्न थालेका छन् । घरदैलोमै पुगेर उनीहरुले अभिभावकलाई विद्यालयको शैक्षिक सुधारबारे सुझाव संकलन गर्न थालेका हुन् ।

शैक्षिक सत्र २०८३ को भर्ना अभियानअन्तर्गत चुरेखोल्सी टोलमा आयोजना गरेको घरदैलो तथा सर्वेक्षणका क्रममा अभिभावकहरूले पछिल्लो समय विद्यालयको सुधारप्रति खुसी व्यक्त गरेका छन्। स्थानीय अभिभावक तुलसीप्रसाद पौडेलले निजी विद्यालयलेझैँ सुविधा र शैक्षिक वातावरण सरकारी विद्यालयले दिन थालेपछि सन्तानलाई त्यहीँ भर्ना गर्ने मनस्थिति बनाएको बताए ।

‘विद्यालय प्रशासन आफैँ घरमा आएर गुणस्तरीय शिक्षा र सेवाको ग्यारेन्टी लिने प्रतिबद्धताले अभिभावकहरूमा विश्वास बढेको छ’, उनले भने । सोही वडाकी वडा सदस्य गौकुमारी न्यौपानेले वडाको तर्फबाट यातायातको सुविधा उपलब्ध गराउन पहलकदमी थालिने बताए ।

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker