तनहुँको आँवुखैरेनीमा भएका छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु, १५ जना घाइते

दमौली : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँवुखैरेनीमा आज भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने १५ जना यात्रु घाइते भएका छन् ।

आँबुखैरेनी गाउँपालिका–२ नारीघाटमा आज दिउँसो २ः१५ बजे बस र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको ग१ख ७१४५ नम्बरको बस र विपरित दिशाबाट जाँदै गरेको बा९१प २४५७ नम्बरको मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकल चालक आँबुखैरेनी गाउँपालिका–२ बस्ने २८ वर्षीय आस्विन सुनारको मृत्यु भएको तनहुँका प्रहरी नायव उपरीक्षक दिपक कुमार रायले जानकारी गराए ।

दुर्घटनामा घाइते सुनारलाई तत्काल आँबुखैरेनी अस्पताल लगिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको बताइएको छ ।

प्रहरीले बस चालक लमजुङको सुन्दरबजार नगरपालिका–८ बस्ने २८ वर्षीय दिप भुजेललाई नियन्त्रणमा लिएको छ । उक्त बसको पछाडिपट्टि एउटा कार ठोक्किएको बताइएको छ ।

यस्तै, आँबुखैरेनी गाउँपालिका–३ स्थित गाउँपालिकाको कार्यालय अगाडीको पुलबाट आज बस खस्दा १५ जना यात्रु घाइते भएका छन् ।

मुग्लिनबाट पोखरातर्फ आउँदै गरेको ग१ख ९४०२ नम्बरको बस पुलबाट खस्दा १५ जना घाइते भएको प्रहरी नायब उपरिक्षक रायले जानकारी दिए ।

घाइते हुनेहरुमा बस चालक व्यास नगरपालिका–१ बस्ने ३९ वर्षीय केशव अजिङ्गर, भानु नगरपालिका–२ बस्ने ६८ वर्षीय यदुबहादुर कुंवर, बन्दीपुर गाउँपालिका–१ बस्ने ७७ वर्षीया श्रीमाया आले, ५६ वर्षीया सुकमाया थापा, भानु नगरपालिका–३ बस्ने २८ वर्षीय अजित थापा, व्यास नगरपालिका–१२ बस्ने २४ वर्षीया कल्पना नेपाली, भानु नगरपालिका–१ बस्ने ४७ वर्षीय मानबहादुर गन्धर्व, घिरिङ गाउँपालिका–५ बस्ने ३० वर्षीया बसन्ती थापा, ९ वर्षीया स्वता थापा, गोरखा नगरपालिका–१४ बस्ने ६४ वर्षीया माया थापा, गोरखा पालुङटार नगरपालिका–५ बस्ने ६८ वर्षीया जौमाया कुमाल, पालुङटार नगरपालिका–८ बस्ने २४ वर्षीय सुवास नेपाली, ३१ वर्षीय सुमन खाती, ३८ वर्षीय मिलन खाती रहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये गोरखाको पालुङटार नगरपालिका–८ बस्ने ६५ वर्षीय मनराज परियार थप उपचारका लागि नारायणी सामुदायिक अस्पताल चितवन रिफर गरिएको छ भने पालुङटार नगरपालिका–८ बस्ने ३१ वर्षीय सुमन खाती डिस्चार्ज भएको प्रनाउ रायले जानकारी दिए ।

गाउँपालिकाको कार्यालय अगाडि वडा नम्बर ३ र २ जोड्ने खहरेखोलामा निर्माण गरिएको पुलको बीच भागमा ग्याप रहेको र सोही ग्यापबाट बस खसेको प्रहरीले जनाएको छ । उक्त स्थानमा नयाँ र पुरानो दुई वटा पुल भएकाले बीचमा ग्याप रहेको हुँदा बस चालक झुक्किएर ग्यापबाट बस खसेको अनुमान तनहुँ प्रहरीले गरेको छ ।

आँवुखैरेनीमा आज भएका दुबै सवारी दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक रायले जानकारी गराए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker