५ हजार २२५ कोरोना संक्रमित निको भए, थप २२५ जनाको मृत्यु, ९ हजार ४८३ संक्रमित थपिए
भञ्ज्याङ न्यूज

पछिल्लो २४ घण्टामा ५ हजार २२५ जना कोरोना भाइरस संक्रमित निको भएका छन् । भाइरस संक्रमणका कारण थप २२५ जनाको मृत्यु भएको छ ।
सेनाले विभिन्न मितिमा व्यवस्थापन गरेको शवसमेत अद्यावधिक गर्दै स्वास्थ्य मन्त्रालयले सो मृत्यु संख्या उल्लेख गरेको हो ।
पछिल्लो २४ घण्टामा ९ हजार ४८३ भाइरस संक्रमित थपिएका छन् । २१ हजार ३१६ वटा एन्टीजेन र पीसीआर नमुना परीक्षण गर्दा उनीहरूमा संक्रमण पुष्टि भएको हो ।
र्सार्वजनिक तथ्याङ्क अनुसार कूल संक्रमित संख्या ४ लाख १३ हजार १११ जना पुगेको छ । आजसम्म ४ हजार ८४ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमित संख्या ९७ हजार ८ पुगेको छ।
निको हुने दर ७५.५ प्रतिशत
आज देशभरि कोभिड-१९ का नौ हजार ४८३ संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज र्सार्वजनिक गरेको बुलेटिनमा आज देखिएकासँगै नेपालमा चार लाख १३ हजार १११ संक्रमित छन् ।
यस्तै संक्रमित निको भई ५ हजार २२५ घर फर्किएका छन् । अहिलेसम्म तीन लाख १२ हजार १९ निको भएर घर फर्किएका छन । नेपालमा निको हुने दर ७५.५ प्रतिशत छ ।
पाँच सयभन्दा भन्दा बढी संक्रमण भएका जिल्ला ३० पुगेका छन् । तिनमा मोरङ, सुनसरी, झापा, रौतहट, धनुषा, पर्सा, बारा, महोत्तरी, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, कास्की, गोरखा, नवलपरासी (बर्दघाट सुस्तापूर्व), दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, नवलपरासी (बर्दघाट सुस्तापश्चिम), सुर्खेत, कैलाली, कञ्चनपुर र बैतडी छन् ।
आइसियुमा १,०८४ र भेन्टिलेरमा २९०
संक्रमितमध्ये एक हजार ८४ सघन उपचार कक्ष र २९० जनाले भेन्टिलेटरमा उपचार गराइरहेका छन् । प्रदेश नं १ मा १२७, प्रदेश नं २ मा ६०, वाग्मती प्रदेशमा ५२९, गण्डकीमा ८२, लुम्बिनीमा १६०, कर्णालीमा १०२ र सुदूररपश्चिममा २४ जना आइसियुमा छन् ।
यस्तै प्रदेश नंं. १ मा २९, प्रदेश नं २ मा ३७, वाग्मतीमा १८४, गण्डकीमा ११, लुम्बिनीमा १३, कर्णालीमा आठ र सुदूररपश्चिममा आठ जना भेन्टिलेटरमा छन् ।