रियुम्याटिक हृदय रोग स्क्रिनिङ

प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँले भानु नगरपालिकाको सहकार्यमा भानु नगरपालिका वडा नं. ११ स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालय, म्याखुमा सञ्चालन गरेको रियुम्याटिक हृदय रोग सम्बन्धी स्क्रिनिङ कार्यक्रममा सहभागि भएका बालबालिका। ५ देखि १५ वर्षसम्मका बालबालिकालाई लक्षित गरी सञ्चालन गरिएको कार्यक्रममा बाल मुटुरोग विशेषज्ञ डा. अजित मिश्रले १८३ जना बालबालिकाको मुटु परीक्षण गरेका थिए । स्क्रिनिङका क्रममा दुई जना बालबालिकामा मुटुसम्बन्धी समस्या पहिचान भएको र उनीहरू उपचारको प्रक्रिया अगाडि बढाइएको छ । बालबालिकामा समयमै मुटुरोगको पहिचान गरी आवश्यक उपचार तथा परामर्श उपलब्ध गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताइएको छ । तस्विर : भञ्ज्याङ










