आगलागी पीडितलाई सहयोग गर्ने सांसद भण्डारीको प्रतिवद्धता

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधी सभा सदस्य शंकर भण्डारीले दमौलीको मेनचोक, फलफूल लाइनमा आईतबार राती भएको आगलागी पीडितलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । विहीबार स्थलगत निरीक्षण गर्दै उनले आफू पीडितको साथमा रहेको र आगोले पसल जलेपनि मन नजलाउन आग्रह गरे ।

तपाईहरुलाई परेको पिरमर्कालाई समाधान गर्न ध्यान केन्द्रित गर्ने प्रतिबद्धता छु भन्दै सांसद भण्डारीले तत्काल राहत, उद्धार तथा व्यवस्थापनमा कुनै कसर नछाड्न जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला समन्वय समिति र व्यास नगरपालिका लगायत जिल्ला स्थित सरोकारवाला निकायलाई निर्देशन दिए ।

नयाँ सटरहरु निर्माण गरेर सबै व्यवसायीलाई सोही स्थानमा स्थापित गराउनु पर्ने बताउँदै उनले व्यवसायिलाई पेशाबाट विस्थापित हुन नदिन, संघ सरकार समक्ष राहतको लागि कदम अगाडी बढाउने प्रतिबद्धता जनाए ।

गण्डकी प्रदेश सभा सदस्य अशोककुमार श्रेष्ठले गण्डकी प्रदेश सरकारको तर्फाट दिने राहतको लागि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जिल्ला विपद् व्यवस्थापन समितिले संघ तथा प्रदेश सरकारलाई राहत रकम उपलब्ध गराउन सिफारिस गर्ने बताए ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अपीलराज बोहोरा, नेपाल रेडक्रस सोर्साईटी तनहुँका सभापति प्रा.डा. कृष्णप्रसाद गौतम, नेपाल उद्योग वाणिज्य संघका पूर्व केन्द्रीय सदस्य देवकुमार श्रेष्ठ, दमौली बजार इकाईका सभापति शुकनारायण मल्ल लगायतले पीडितलाई उचित राहत उपलब्ध गराउन जोड दिएका थिए ।

व्यास नगरपालिका-३ का वडाध्यक्ष तथा क्षति मूल्याङ्कन समितिका संयोजक अनुप रानाले २४ वटा सटरहरु जलेर ध्वस्त हुँदा छ करोड ९९ लाख ५१ हजार ६७० रुपियाँ क्षति भएको विवरण संकलन भएको जानकारी गराए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker