जबरजस्ती करणी मुद्दाका प्रतिवादी बुधे ४८ बर्ष पछी पक्राउ

  • भञ्ज्याङ समाचारदाता (दमौली)

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई तनहुँ प्रहरीले ४८ वर्षपछि पक्राउ गरेको छ । विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तिहरुको खोजी गर्ने अभियानका क्रममा प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेको हो ।

जबरजस्ती करणी मुद्दामा मिति २०२९ पुस २३ गते तनहुँ जिल्ला अदालतको फैसलाले ६ वर्षकैद सजाए भई फरार रहेका तनहुँको साविक ढोरफिर्दी-१ का प्रतिवादी केशे दमै भन्ने बुधे दमैलाई उनकै घर वतनबाट पक्राउ गरिएको सूचना अधिकारी प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी गराएका छन् ।

पक्राउ परेका बुधेलाई तनहुँ जिल्ला अदालत बुझाईएकोमा थुनामा पठाइएको छ । त्यस्तै, सवारि ज्यान मुद्दामा जरिवाना रहेका २ जना, चोरी मुद्दाका ४ जना, लिखत बेइज्जती मुद्दामा १ जना, जालसाची मुद्दामा २ जना गरी १० जनालाई पनि प्रहरीले आइतबार पक्राउ गरी जरिवानाका लागि जिल्ला अदालतमा उपस्थिति गराइएको तनहुँ प्रहरीले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker