पाँच हजारले अवलोकन गरे दोश्रो आइ ओ टि एक्स्पो २०२१

विष्णुकान्त घिमिरे

कम्प्युटिङ सोलुसनबाट दैनिक जीवनयापन कसरी स्मार्ट बनाउन सकिन्छ भन्ने विषयमा सफ्ट्वरिका कलेज अफ आइ टि एण्ड इकमर्सद्वारा आयोजित चार दिने आइ.ओ.टि. प्रदर्शनी पाँच हाजार जनाले अवलोकन गर्दै सम्पन्न भएको छ।

फागुन २८ गते देखि ४ दिन सम्म डिल्लीबजारमा भएको कार्यक्रममा अटोनोमस भेइकल, स्मार्ट व्हिलचियर, स्मार्ट डेलिभरी स्कुटर, स्मार्ट बगैंचा, सर्च एण्ड रेस्क्यु ड्रोन, स्मार्ट फोहत ब्यवस्थापन, रोबटिक हात लगायत ३० वटा प्रोजेक्टको नमुना प्रदर्शनी गरिएको थियो। स्मार्ट सवारी नेपालमा कलेज स्तरमा पहिलो पटक निर्माण गरिएको कलेजका अध्यक्ष बिज्ञान श्रेष्ठले बताए।

प्रदर्शनीमा राखिएका स्मार्ट सोलुसनका मोड्युल सफ्ट्वरिका कलेजमा कम्प्यूटिङ र साइबर सेक्युरिटी विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीले तयार गरेका हुन्।

विद्यार्थीलाई प्रयोगात्मक पढाइमा जोड दिइ दक्ष जनशक्ति उत्पादन गर्ने र सर्वसाधरणलाई कम्प्यूटिङ सोलुसनको अवधारणा बुझाउने उद्देश्यका साथ प्रदर्शनी गरिएको कलेजका प्रिन्सिपल प्रमोद पौडेलले बताए।

निशुल्क प्रवेश रहेको प्रदर्शनीमा राज्यका नीति निर्माता, निजी क्षेत्र, विद्यार्थी, अभिभावक र आइ.टि. क्षेत्रका जिज्ञाशुले अवलोकन गरेको पौडेलले बताए।प्रविधिको सदुयोग गर्न सके कसरी हाम्रो जीवनयापन सहज हुन्छ भन्ने बुझ्न प्रदर्शनीले सहयोग गरेको पौडेलको तर्क छ।

बेलयातको कोभेन्ट्री विश्व विद्यायलको आइटी पाठ्यक्रम अध्यापन गराइरहेको यस सफ्ट्वेरिका कलेजले बिआइटी अध्ययन गर्ने विद्यार्थीका लागि इनोभेसन हब समेत तयार गरेको छ। हालको प्रदर्शनी सोही इनोभेसन हवमै विद्यार्थीहरुले तयार गरेका हुन्।

कलेजको पढाई सँगसँगै विद्यार्थीले अनुसन्धानमा समेत जोड दिन सकुन भनेर इनोभेसन हबको परिकल्पना गरिएको हो। आर्थिक अभावको कारण अनुसन्धानमा असर नपरोस् भनेर कलेजले ब्यवसायिक सम्भावना भएका उत्कृष्ट परियोजनालाई पाँच लाख रुपैयाँ सम्म अनुदान दिने ब्यबस्था गरिएको कलेजका निर्देशक अमृत थापाले बताए।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker