बुल्दी खोला पुल प्रकरण : पौडेलद्वारा पुल उद्घाटन गर्ने तयारी, झड्प हुने स्थिति नदेखिए प्रशासनले नरोक्ने

भञ्ज्याङ समाचारदाता (दमौली)

तनहुँको व्यास नगरपालिका-१, १० र ११ जोड्ने तालघारे स्थित बुल्दी खोला पुल उद्घाटनका विषयलाई लिएर विवाद हुँदा हिजो दिन भर तनहुँको दमौली तनावग्रस्त बन्यो ।

पुल उद्घाटनको विषयलाई लिएर नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघ नेपाल तनहुँ विरोधमा उत्रियो । पुल उद्घाटन कार्यक्रम विवादित बनेपछि स्थानीय प्रशासनले कार्यक्रम स्थगित गर्न आग्रह गर्दै सम्भावित झड्पलाई ख्याल गर्दै हिजो दिउँसा १२ देखि साँझ ६ बजेसम्म निषेधाज्ञा जारी गरेको थियो ।

निषेधाज्ञाको अवाज्ञा गर्दै उक्त पुल उद्घाटनका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल दलबलका साथ कार्यक्रम स्थल तर्फगएका थिए । उनलाई निषेधाज्ञा तोडेको भन्दै स्थानीय प्रहरी प्रशासनले सुरक्षित रुपमा नियन्त्रणमा लियो र साँझ ६ बजेतिर रिहा गरिदिएको थियो ।

यसैको विरोमा आज नेपाली कांग्रेसले दमौलीमा विरोध प्रदर्शन गर्दैछ । बुल्दी पुल उद्घाटन गर्न जाने क्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलको पक्राउ तथा नेता कार्यकर्तामाथिको पक्राउ र कुटपिट प्रकरणको विरोधस्वरुप कांग्रेस तनहुँले विरोध गर्न लागेको हो ।

कार्यक्रममा वरिष्ठ नेता पौडेलसहित जिल्लाका तीन जना केन्द्रीय सदस्यको सहभागिता रहने बताइएको छ । केन्द्रीय सदस्यहरु शंकर भण्डारी, गोविन्द भट्टर्राई तथा प्रदीप पौडेल तीनै जना कार्यक्रममा सहभागी हुने स्रोतले जनाएको छ।

यसैगरी आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्लेसहित अरु नेताहरु पनि कार्यक्रममा सहभागी हुने बताइएको छ । दमौलीबाट विरोध र्‍यालीपछि बुधबार तय भएको व्यास १, १० र ११ जोड्ने बुल्दी पुल उद्घाटनमा सहभागी हुने तयारी गरिएको स्रोतले जनाएको छ ।

यता, यो कार्यक्रमका विषयमा केही जानकारी नआएको र त्यस्तो रोकतोकको कुनै निर्देशन नभएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताएका छन् । ‘हिजो कार्यक्रम रोक्न भौतिक पूर्वाधार मन्त्रालयको पत्र आएको थियो,’ उनले भने’, आज हामीलाई कुनै त्यस्तो जानकारी छैन ।’

‘कार्यक्रम हुँदै छ भन्ने हल्ला त सुनिएको छ, आधिकारीक जानकारी आएको छैन्’, प्रजिअ आचार्यले भने, ‘हाम्रो तर्फाट सुरक्षा व्यवस्था हुन्छ । यदि झडपको अवस्था आएमा नियन्त्रणको प्रयास हुने छ र त्यस्तो नभए केही हुँदैन ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker