विकासमा यो सरकार कटिवद्ध छ : सासंद सिग्देल
विवि श्रेष्ठ

प्रतिनिधीसभाका सदस्य एवं नेकपा तनहुँका जिल्ला अध्यक्ष केदार सिग्देलले विकास मा यो सरकार कटिवद्ध भएको बताएका छन् । सरकारको काम कारवाही देखेर प्रतिपक्ष दल आत्तिएको बताउँदै उनले सरकारले जनपक्षिय काम देखेर विपक्षी पार्टीहरु सरकार असफल बनाउन लागिपरेको बताए ।
म्याग्दे गााँउपालिका वडा नं १, बाख्रेमा आयोजित जनता साक्षात्कार कार्यक्रममा सासंद सिग्देलले सो कुरा बताएका हुन् । सरकारले दीर्घकलिन योजनाका साथ काम गरेको हुँदा अब समयसगै सरकारको काम देखिने उनले बताए । यहि सरकारले नै पानीजहाज र रेल पनि ल्याउने दाबी गर्दे विपक्षीहरु सरकार सफल हुने त्रासमा रहेको चर्चा गरे ।
विकास योजनाको अनुगमन र जनगुनासो सुन्दै सिग्देलले सरकारको काम कारवाहीलाई सुक्ष्म ढंगले अध्ययन गर्न आग्रह गरे । संघीयताका कार्यन्यनसंगै तीनै तहको सरकारले जनताको काम गरेको हुँदा विकास निर्माणमा नआत्तिन उनले आग्रह गरे ।

यसैगरि सोही कार्यक्रममा गण्डकी प्रदेशका सांंसद आशा कोईरालाले कम्युनिष्टको सरकार जनताको सरकार भएको बताइन प्रदेश सरकारले पनि यो क्षेत्रको विकास निर्माणमा महत्वपूर्ण भुमिका खेलेको छ, वाटोघाटो, पुल पुलेसा निर्माणका कामले त्रि्रताका साथ गति लिएको बताइन् ।
कार्यक्रममा स्थानीय अगुवाहरुले विकास निर्माण सम्वन्धी छलफल गरेका थिए । नेकपा म्याग्दे गाउँपालिकाका अध्यक्ष दिल वहादुर नेपालीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेकपा तनहुँका सचिवालय सदस्य श्रीप्रसाद श्रेष्ठ, नेकपा जिल्ला तनहुँका कार्यलय सचिव राजेश्वर ढकाल लगायत स्थानीय वासिन्दाहरुले विकास निर्माण सम्वन्धी आ-आफ्ना धारणा राखेका थिए ।
यस वडामा गण्डकी प्रदेशबाट बाख्रे मोटर मार्गला ०७६ को ७० लाख, ०७७/०७८ को लागि समपुरक योजना १ करोड परेको छ । पर्ुवाधार तर्फकेदार सिग्देलबाट ०७५/०७६ मा बाख्रेको बाटो गुणादी खोलामा १५ लाख, दिर्बुजाने खोलामा १५ लाख, ०७६/०७७ मा पान्धारे मन्दिर निर्माणमा १० लाख, आशा कोइरालाबाट मान्हु होम्स्टे ०७६/०७७ ८ लाख, मान्हु बर्च्याङ्ग मोटरमार्ग ५ लाख, बरचौर सामुदायिक भवनमा ७ लाख रुपैयाँ बजेट विनियोजन भएको बताइएको छ ।










