व्यास-६ को महेन्द्र ज्योति माविमा केशर निर्वाचित

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिका-६ मा रहेको महेन्द्र ज्योति माध्यामिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा केशर वहादुर आले निर्वाचित हुनुभएको छ । वडाध्यक्ष सुर्यभक्त भण्डारीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा अध्यक्षको आकांक्षीहरु बीच सहमतिबाट नेतृत्व चयन हुन नसकेपछि निर्वाचन मार्फत नेतृत्व चयन गरिएको हो । निर्वाचनमा भएको मत परिणाम अनुसार अध्यक्षमा निर्वाचित केशर वहादुर आलेले १५१ मत प्राप्त गरे भने प्रत्यासीद्वय मेघ प्रसाद नागिलाले ९४ मत र रोम बहादुर विकले २१ मत प्राप्त गरेका थिए । ३६८ कुल मतदाता रहेकोमा जम्मा २९३ मत खसेको थियो ।

यसैगरि व्यवस्थापन समितिको सदस्यहरुमा पनि निर्वाचन भएको थियो । निर्वाचनमा सन्तोष केसी, ढक वहादुर विक र मन्जु घिमिरे सदस्यमा चयन भएका छन् । विद्यालय व्यवस्थापन समितिमा अध्यक्षसहित ४ जना, मनोनित २ जना, शिक्षक प्रतिनिधी १ जना र १ जना वडा प्रतिनिधि गरि ९ जना रहने व्यवस्था रहेको छ । हाल ५०० जना विद्यार्थी विद्यालयमा अध्ययनरत भएको विद्यालयका प्रधानाध्यापक वुद्धि कुमार श्रेष्ठले बताए । यसैगरि नवनिर्वाचत अध्यक्ष केशर वहादुर आलेले शैक्षिक क्षेत्र सुधारका लागि आफुले सबैको साथ र सहयोग लिएर अगाडी बढ्ने बताए । निर्वाचनमा जितहार स्वाभाविक प्रक्रिया हो, अब विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि सबै मिलेर अगाडी बढ्नुपर्ने बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker