स्थानीय पाठ्यक्रम बनाउँदै म्याग्दे गाउँपालिका

  • भञ्ज्याङ समाचारदाता (म्याग्दे)

तनहुँको म्याग्दे गाउँपालिकाले आफ्नै स्थानीय पाठ्यक्रम बनाउने तयारी गरेको छ । कक्षा १ देखि ५ सम्मको स्थानीय पाठ्याक्रम निर्वाचन गर्ने तयारी गरेको गाउँपालिकाले सरोकारवालाहरुसंग अन्तरक्रिया तथा छलफल कार्यक्रम गरेको छ । गाउँपालिकाले आयोजना गरेको दुइ दिने अन्तरक्रिया कार्यक्रममा गाउँपालिकाका अधयक्ष मायादेवी रानाले केन्द्रमा निर्मित पाठ्यक्रमले स्थानीय बिषयबस्तु र आवश्यकता महशुस गर्न नसक्ने हुँदा स्थानीय पाठ्यक्रमको आवश्यकता परेको बताएकी छन् ।

उनले भनिन्, ‘गाउँपालिकाले तयार गर्ने पाठ्यक्रममा म्याग्दे गाउँपालिकाको सामान्य परिचय, भौगोलिक अवस्था, साँध सिमाना, जनसंख्या, जातजाति, संघसंस्थाहरुलाई समावेश गरी प्राकृतिक स्रोत सम्पदा, संस्कार र संस्कृति, ऐतिहासिक, पर्यटकीय र धार्मिक स्थल, पेशा, स्वास्थ्य सरसफाइ, प्रकोप वातावरण आदि क्षेत्रलाई समावेश गरिन्छ ।’

उक्त कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले दुइ दिने अन्तरक्रियाले म्याग्देको परिचय दिने खालको पाठ्यक्रम तयार हुने विश्वास व्यक्त गरे । उनले स्थानीय पाठ्यक्रम निर्माण गर्न सकिएमा बाललिकालाई सिकाइ, बुझाइ र आ-आफ्नो क्षेत्रको वस्तुस्थितका विषयमा जानकार हुन सहज हुने बताए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ मा भएको प्रावधान अनुसार स्थानीय तहले आधारभुत तहमा १०० पुर्णाङ्कको स्थानीय पाठ्यक्रम निर्माण गरी लागु गर्न पाउने ब्यबस्था रहेको बताए ।

शिक्षा बिकास तथा समन्वय इकाई तनहुँका प्रमुख रमाकान्त शर्मा, सुर्यमोहन काफ्ले, राजेन्द्र भण्डारी अशोक चन्द्र वाग्ले, विजयराज खनाल, पवित्रा घिमिरे, रमेश बाबू भट्टराइ, नारायण प्रसाद खनाल, सागर आचार्य लगायतले स्थानीय पाठ्यक्रम बिकास तथा कार्यान्वयन मार्गदर्शन २०७६ मा आधारित रहेर आ-आफ्नो धारणा राखेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker