भानु जयन्तीका अवसरमा कविता वाचन प्रतियोगिता

दमौली । तनहुँको दमौलीस्थित व्यास दिव्य ज्योति बोर्डिङ स्कुलले भानु जयन्तीका अवसरमा विद्यार्थीहरु बीच शनिबार कविता वाचन प्रतियोगिता गरेको छ ।
आदिकवि भानुभक्त आचार्यको २११औं जन्म जयन्तीको अवसरमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरु मध्ये कक्षा ५ देखि ७ सम्मका साना समूह र कक्षा ८ देखि १० सम्म अध्ययनगर्ने ठूला समूह गरी दुई समूहमा कविता वाचन प्रतियोगिता गरिएको थियो ।
प्रतियोगितामा साना समूह तर्फ आकृति कुँवर प्रथम, प्रसिद्धिका गौतम द्धितीय र दिक्षा श्रेष्ठ तृतीय भएका छन् भने आस्मा आलेले सान्त्वना स्थान प्राप्त गर्न सफल भएका छन् ।
यस्तै, ठूला समूहबीच गरिएको प्रतियोगितामा विमर्श श्रेष्ठ प्रथम, जेनिशा थापा द्धितीय र साया गुरुङ तृतीय भएका छन भने साहिल मियाले सान्त्वना स्थान प्राप्त गर्न सफल भएको विद्यालय प्रशासनकी सीता पन्तले बताइन् ।
विद्यालयको कक्षा १० मा अध्यनरत विद्यार्थी शुभम अधिकारीको सभापतित्वमा आयोजित कविता वाचन प्रतियोगिताका सफल विद्यार्थीहरुलाई विद्यालयका शिक्षक विष्णुकुमार यादव, शिक्षिका पुष्पा पाख्रिन, शिक्षिका उषा आल, शिक्षिका नविना सुनार लगायत पुरस्कार वितरणका साथै शुभकामना व्यक्त गरेका थिए ।