विद्यार्थी र शिक्षकहरुलाई बार्षिक पुरस्कार वितरण

  • भञ्ज्याङ समाचारदाता (भानु)

तनहुँको भानु नगरपालिका-१ साजवोटे स्थित फिस्टेल आवासिय माध्यमिक विद्यालयले सरस्वती पुजा, कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत तथा बार्षिक पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । श्रीपञ्चमीका अवसरमा विद्यालयले आयोजना गरेको उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम देवान श्रेष्ठले फिस्टेलले यसक्षेत्रमा लामो समयदेखि शिक्षाको ज्योति फैलाउने कामसंगै समाजसेवा पनि गरिरहेको बताए ।

विद्यालयले यसै शैक्षिकसत्रबाट प्लस टुको कक्षा पनि संचालन भईरहेकोले विद्यालयलाई राम्रो बनाउने काम शिक्षक, कर्मचारी, बिद्यार्थी र अभिभावक पनि लाग्नुपर्ने अध्यक्ष देवानले बताए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य परशुराम अधिकारीले विद्यालयले अझै समाजलाई योगदान पुर्‍याउने विश्वास ब्यक्त गरेका छन् ।

उक्त अवसरमा विद्यालयका परिक्षाहरुमा उत्कृष्ट हुन सफल विद्यार्थीहरु, अन्तर बिद्यालय खेलकुद, क्विज, दौड, भलिवल लगायतका विभिन्न प्रतियोगिताका साथै भानु नगरपालिका स्तरीय क्विज प्रतियोगितामा द्धितीय हुन सफल विद्यार्थी र विद्यालयमा उत्कृष्ट सेवा प्रदान गर्ने शिक्षकहरुलाई विभिन्न पुरस्कार तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker