तनहुँ उद्योग वाणिज्य संघद्वारा तीन लाखको कोष खडा

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँ उद्योग वाणिज्य संघले कोभिड संकटसँग जुध्न भन्दै तीन लाख पाँच हजार रुपैयाँको कोष स्थापना गरेको छ । संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको बैठकले जिल्ला कार्यसमिति, विभिन्न बजार इकाई समितिहरु, महिला उद्यमी बिकास समितिको संयुक्त प्रयासमा उक्त कोष खडा गरिएको हो ।

कोभिड संकट कोषबाट कोभिडको संकटमा खटिएका व्यक्तिलाई आवश्यक सुरक्षाका सामग्री उपलब्ध गराउने निर्णय गरेको अध्यक्ष श्रेष्ठले बताए । कोषबाट महाविपत्तिको घडीमा अहोरात्र खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरु, स्थानीय जनप्रतिनिधिहरु, निजामती कर्मचारीहरु, स्वयंसेवी लगायतलाई सहयोग गरिने अध्यक्ष श्रेष्ठले बताए ।

संघले रकम सामुहिक आइशोलेसन कक्ष निर्माण तथा आवश्यक स्वास्थ्य सामग्रीहरु व्यवस्थाका लागि भन्दै यसमा सघाउन उद्योगी व्यवसायी तथा देश र विदेशमा रहेका शुभेच्छुकलाई सहकार्य गर्न अनुरोध गरेको छ ।

संघको महाअभियानका लागि सहयोग गर्न इच्छुक ब्यक्ति, संघसस्थाहरुबाट सहयोग उपलब्ध गर्नका लागि निम्नानुसारको मोबाइल नम्बरमा सम्पर्कका लागि अध्यक्ष श्रेष्ठ (९८५६०६०५२४), कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठ (९८५६०६०७२६), दमौली बजार इकाई सभापनि भुपाल आले (९८५६०२७३१९) लाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker