कोरोना कहर : गण्डकी प्रदेशको प्रवेशविन्दु आँबुखैरेनीमा कडाइ

भञ्ज्याङ समाचारदाता/दमौली

कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढेपछि गण्डकी प्रदेशको प्रवेशविन्दु तनहुँको आँबुखैरेनीमा कडाइ गरिने भएको छ। गण्डकी प्रदेश सरकारले तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित पुलजीपमा स्थापना गरेको स्वास्थ्य प्रबर्द्धन तथा निगरानी केन्द्रलाई प्रभावकारी बनाउन आवश्यक कर्मचारीको व्यवस्थापन गर्न लागिएको हो । प्रदेश सरकारले उक्त केन्द्रमा आवश्यक कर्मचारी, स्वास्थ्य सामग्री प्रबन्ध गर्ने व्यवस्था मिलाउने र र्सार्वजनिकस्थलमा निःशुल्क एन्टिजेन परीक्षणको कार्यलाई थप प्रभावकारी बनाउनेछ ।

निगरानी केन्द्रमा मुग्लिन पुल हुँदै गण्डकी प्रदेश प्रवेश गर्ने हरेक सवारी साधनको नम्बर दर्ता गरिने र स्वास्थ्यको मापदण्ड पालना गरे/नगरेको परीक्षण गरिने आँबुखैरेनी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमप्रसाद उपाध्यायले जानकारी दिनुभयो । “सबै यात्रुलाई जनस्वास्थ्यको मापदण्ड पालना गर्न लगाइनेछ, केही समस्या भए तत्कालै समाधान पनि गरिनेछ”, उनले भने, “यसका साथै स्वास्थ्य सम्बन्धी सचेतना प्रदान पनि गरिनेछ ।”

परीक्षणबाट पोजेटिभ देखिएकालाई तत्काल संस्थागत आइसोलेशनमा राख्न व्यवस्था मिलाउने निर्णय भएको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलका प्रेस सल्लाहकार भरत कोइरालाले जानकारी दिए । प्रदेश सरकारले निगरानी केन्द्रको थप व्यवस्थापनका लागि तल्लो मर्स्याङ्दी जलविद्युत् कार्यालयको जग्गा प्रयोग गर्नका लागि नेपाल विद्युत् प्राधिकरणलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

प्रदेश सरकारले गत असोजमा आँबुखैरेनी गाउँपालिका-४ पुलजीपमा निगरानी केन्द्र स्थापना गरेको थियो । तर कोरोना जोखिम न्यूनीकरण हुँदै गएपछि उक्त केन्द्र प्रभावकारी हुन सकेको थिएन । तर ओमिक्रोनको जोखिम बढेसँगै अब उक्त केन्द्रलाई सक्रिय बनाउने तयारी छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker