आदिकवि भानुभक्त क्याम्पसलाई रोज फाउण्डेशनद्वारा स्वास्थ्य सामाग्रि हस्तान्तरण
भञ्ज्याङ समाचारदाता (दमौली)

तनहुँको दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसलाई किशोरी स्वास्थ्य सामग्रि हस्तान्तरण गरिएको छ । काठमाडौंको रोज फाउण्डेशनले बुधबार २/२ थान सेनिटरि प्याड भेन्डिङ मेसिन र प्रयोग गरेको प्याड जलाउने विद्युतीय मेसिनका साथमा १ वोरा गुणस्तरीय सेनिटरि प्याड हस्तान्तरण गरेको हो । उक्त स्वास्थ्य सामाग्रिहरु रोज वहिनि विद्यालय स्वस्थ्य परियोजनाले उपलव्ध गराएको थियो । उक्त परियोजना रोज फाउण्डेसन काठमाण्डौले सञ्चालन गर्दै आइरहेको छ ।
रोज वहिनि सृजनशिल महिला समाज तनहुँ शाखाकी अध्यक्ष सरिता थापा भण्डारीको अध्यक्षतामा आयोजित हस्तान्तरण कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष व्रहृमदत्त तिमल्सेननले कार्यक्रमका सहभागिहरुलाइ स्वागत गर्दै स्वास्थ्य सामाग्रि उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गरे ।
कार्यक्रममा फाउण्डेसनका अध्यक्ष माधव भण्डारीले संस्थाको लक्ष्य, उद्देश्य र कार्यक्रमका विषयमा जानकारी गराउँदै किशोरिको स्वास्थ्यमा सेनिटरि प्याडको महत्व, उचित प्याड छनौट र प्रयोगको विधिका विषयमा सहजिकरण गरेका थिए । अध्यक्ष भण्डारीले रोज फाउण्डेसनले देश भरका १२० नगरपालिकामा किशोरी स्वास्थ्यमा काम गरेको र सो परियोजनाबाट १० लाख किशोरीहरु लाभान्वित भएको बताए ।
यस्तै, आदिकवि भानुभक्त क्याम्पस रोज वहिनि किशोरी क्लवको गठन गरिएको छ । क्लवको अध्यक्षमा कक्षा ११ कि तेजस्विता काफ्ले र सदस्यमा विपना कुमाल, सुस्मिता तिमल्सेना, सोनिका तामाङ, प्रतिक्षा गुरुङ, जेनिशा सुर्खालि, मनिषा विक, प्रतिक्षा पन्थ, परिना श्रेष्ठ, पुर्णिमा कुमाल र वृन्दा वाग्ले रहेका छन ।
फाउण्डेसनका तर्फबाट समाजका केन्द्रीय अध्यक्ष विजयश्री रेग्मी र कास्कीका अध्यक्ष लक्ष्मी कार्कीद्वयले कल्वका किशोरी विद्यार्थीहरुको रेखदेखमा क्याम्पस र छात्रावासका महिला शौचालयहरुमा जडान गरी सञ्चालनमा ल्याउन स्वास्थ्य सामाग्रिहरु हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष वुद्धिमान श्रेष्ठ, क्याम्पस प्रमुख महाप्रसाद हडखले, सहायक क्याम्पस प्रमुख कल्पना लम्साल, समाजका तनहुँ संयोजक शुशिला शर्मा, वसन्ति थापा आले मगर लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए ।










