देवघाटका कृषकलाई मौरी सहितको घार

तनहुँको देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापा मौरी पालक कृषकलाई मौरी सहितको घार वितरण गर्दै । मौरीपालक कृषक तथा महिलाहरुलाई व्यवसायिकता तर्फ उन्मुख गराउँदै आत्मनिर्भर गराउने उद्देश्यका साथ गाउँपालिकाले पचास प्रतिशत अनुदानमा मौरी सहितको घार उपलब्ध गराएको छ ।

वडा नं. ५ मा महिला सञ्जालका अध्यक्ष राधादेवी खनालको अध्यक्षतामा सञ्चालन गरिएको मौरी पालन तालिममा सहभागि १७ जनालाई मौरी पालनमा तर्फ उन्मुख गराउने र उत्पादित मह देवघाटधाममा आउने धार्मिक पर्यटकलाई कोशेलीका रुपमा बिक्रीवितरण गर्ने योजना गाउँपालिकाले बनाएको छ ।

तस्विर : भञ्ज्याङ










