आदिकवि भानुभक्त क्याम्पसले एमविएस तहको चौथो सेमस्टरमा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउन सफल

- भञ्ज्याङ समाचारदाता (दमौली)
आदिकवि भानुभक्त क्याम्पसले एमविएस तहको चौथो सेमेस्टरमा यस वर्षशतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउन सफल भएको छ । क्याम्पसले गत वर्ष पनि एमविएस तहमा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराएको थियो ।
क्याम्पसले २०७५ सालमा समग्र तहहरुमा सामुदायीक क्याम्पसहरु तर्फ नेपालमा दोश्रो स्थान हासिल गरेको थियो भने एमविएस तहमा नेपाल प्रथम र विविएस तहमा नेपालमा तृतीय स्थान हासील गरेको थियो ।
क्याम्पसको शैक्षिक नतिजामा देखिएको सुधारले विद्यार्थीहरुलाई आदिकवि भानुभक्त क्याम्पसमा अध्यन गर्न हौस्याएको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले बताए । यस्तै क्याम्पसले फागुन महिनाबाट शुरु भएको यस वर्षको स्नातक तहको नयाँ भर्ना कार्यक्रममा करिव ६०० विद्याथीहरुले भर्ना आवेदन भरि प्रवेश परिक्षा दिएको र भर्ना भएकाले पनि तनहुँ, लमजुङ्ग र गोर्खाका निजी तथा सामुदायीक क्याम्पसहरु मध्ये उच्च शिक्षामा विद्यार्थीको रोजाइमा यो क्यामपस बनेको क्याम्पस प्रमुख हड्खलेले बताए ।










