विद्यार्थीलाई शैक्षिक सामाग्रि र न्यानो कपडा वितरण
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपलिका-११ स्थित अंमर सिह माध्यमिक विद्यालय धरमपानी र सुर्यदय प्राथमिक विद्यालय राम्चेका छात्रछात्रालाई शैक्षिक सामाग्रि र न्यानो कपडा वितरण गरिएको छ । सृजनशील बालविकास कार्यक्रम पोखरा कास्कीले यी विद्यालयका छात्रछात्रालाई न्यानो कपडा सुइटर र शैक्षिक सामाग्रि वितरण गरेको हो ।
अंमर सिंह माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगा बहादुर घर्तीको सभापतित्वमा आयोजित कार्यक्रममा वडा नं. ११ का वडा सदस्य हेरम्ब जंग अधिकारीले विद्यालयलाई गरिएको सहयोग प्रति धन्यवाद व्यक्त गर्दै यस्ता कार्यक्रमले बालबालिकाको पठनपाठनमा सहज हुने बताए ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष धनुगीरीले विद्यार्थीलाई जाडोको मौसममा न्यानो कपडा सहयोगले पठनपाठनमा सहज पुग्ने विश्वास व्यक्त गरे ।
यस्तै, संस्थाका निर्देशक शंकर पन्त, सुपरभाईजर नवराज गिरी, पूर्व अध्यक्ष संजय श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक बाबुराज वाग्ले लगायतले सहयोगी संस्था प्रति धन्यवाद ब्यक्त गरेका थिए ।
यता सुर्यदय प्रावि राम्चेका प्रधानाध्यापक रश्मी थापाले पनि आफ्नो विद्यालयका ३० जना विर्द्यर्थीहरुलाई स्वीटर साथै शैक्षिक सामग्री प्रदान गरिएकोमा संस्था प्रति धन्यवाद ब्यक्त गरेकी छन् । न्यानो कपडा तथा शैक्षिक सामाग्रि वितरण कार्यक्रमको सहजिकरण शिक्षक दलबहादुर थापाले गरेका थिए ।










