शुक्लागण्डकी मेयर कप २०७७ को फाइनल प्रतिस्पर्धा आज

राजकुमार आले (दुलेगौडा)

शुक्लागण्डकी नगरपालिकाले संचालन गरेको मेयर कप २०७७ पुरुष भलिबल प्रतियोगितामा आयोजक शुक्लागण्डकी ‘ए’ फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको पहिलो सेमिफाइनल खेलमा घिरिङ गाउँपालिकालाई ३-२ सेटले हराउदै शुक्लागण्डकी ‘ए’ फाइनल प्रवेश गरेको हो ।

गाउँफर्कोदय माविको खेलमैदान गणपतेमा भएको निकै रोमाञ्चक खेलमा शुक्लागण्डकीले दुइ सेट लगातार २५-१४, २५-२३ ले आफ्नो पोल्टामा पार्‍यो । तेस्रो र चौथो सेट २५-२२ र २५-१६ मा घिरिङले जित निकाल्यो । घरेलु दर्शकले खचाखच भएको मैदानमा शुक्लागण्डकी ए ले पाँचौ सेटमा उत्कृष्ट प्रदर्शन गर्दै १५-९ ले जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो ।

फाइनलमा शुक्लागण्डकी ‘ए’ बाग्लुङको गल्कोट नगरपालिका र कास्कीको मादी गाउँपालिकाबिचको विजेतासंग खेल्ने छ । आईतबार विहान दोस्रो सेमिफाइनल हुने आयोजकले जनाएको छ । शनिबार पहिलो सेमिफाइन सहित ६ खेल भए । पहिलो चरणको एक खेल र क्वाटरफाईनल अन्तर्गतका चार खेल भए ।

शनिबारको पहिलो खेल पहिलो चरण अन्तर्गत तनहुँको भिमाद नगरपालिका र ऋषिङ गाउँपालिकाबिच भएको थियो । जसमा भिमाद नगरपालिका २-० को सोझो सेटमा विजयी भएको छ । पहिलो सेटमा २५-१८ ले विजयी भएको भिमाद दोस्रो सेटमा २५-२२ स्कोर प्राप्त गर्दै क्वाटरफाईनल प्रवेश गर्न सफल भएको थियो ।

क्वाटरफाईनलको पहिलो खेलमा पुतलीबजार नगरपालिका स्याङजालाई २-१ को सेटमा पराजित गर्दै कास्कीको मादी गाउँपालिकाले सेमिफाईनलको यात्रा तय गरेको थियो । मादीले पुतलीबजारलाई २३-२५, २५-१९ र २५-२१ को स्कोरका साथ विजयी हासिल गरेको छ ।

दोस्रोे क्वाटरफाईनल खेलमा आयोजक शुक्लागण्डकी नगरपालिका ‘ए’ ले बौदीकाली गाउँपालिका नवलपुरलाई २५-१६, २५-२३ को स्कोरको साथ सोझो सेटमा पराजित गर्न सफल भयो ।

तेस्रो क्वाटरफाईनलमा हरीनास गाउँपालिका स्याङजालाई २-१ को सेटमा पराजित गर्दै घिरिङ गाउँपालिका तनहुँ सेमिफाईनलमा प्रवेश गरेको छ । घिरिङले २३-२५, २५-१४, २५-२३ को स्कोर प्राप्त गर्दै विजयी भएको थियो ।

अन्तिम क्वाटरफाईनल खेलमा बाग्लुङको गलकोट नगरपालिका विजयी भएको छ । गलकोटले भिमादलाई २-० को सोझो सेटमा पराजित गरेको हो । पहिलो सेटमा २५-१५ र दोस्रो सेटमा २५-१४ को नजिता गलकोटले आफ्नो पक्षमा गर्‍यो । गलकोटका खेलाडी सामु भिमादका खेलाडी कमजोर सावित भए ।

प्रतियोगिताको विजेताले नगद एक लाख ५० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने मेयर कप सञ्चालन तथा व्यवस्थापन समिति संयोजक एवं शुक्लागण्डकी-५ का वडाध्यक्ष दीर्घबहादुर थापाले जानकारी दिए । उनका अनुसार दोस्रोले एक लाख, तेस्रोले ५० हजार रुपैयाँ र सान्त्वनाले २५ हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker