व्यास नगरपालिकाले भूकम्पपीडितलाई पाँच लाख सहयोग गर्ने

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिकाले जाजरकोट भूकम्पपीडितका लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । व्यास नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बुधबार बसेको बैठकले उक्त निर्णय गरेको हो । भूकम्प पीडितको राहत सहयोगका लागि नगरपालिकाको विपद् कोषबाट उक्त रकम उपलब्ध गराउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिए ।

भूकम्पमा परी ज्यान गुमाउनेप्रति श्रद्धासुमन व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै यस नगरपालिकाभित्र पनि भूकम्पको धक्काका कारण केही घर भत्किन गएको सूचना प्राप्त भएकाले नगरवासीलाई सुरक्षित रहन, कुनै विपद्जन्य अवस्था आइपरेमा नगरपालिकालाई सूचित गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।

यस्तै, बैठकले व्यास नगरपालिका अन्तर्गत जग्गा वर्गीकरण एवं सडक मापदण्ड निर्धारण कार्यविधि, २०८० पारित गरेको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए । व्यास नगरपालिका दलित समन्वय समितिसम्बन्धी कार्यविधि, २०८० र नगरपालिकाबाट सम्पादित कार्यको विवरण तयारी निर्देशिका, २०८० पारित गरेको छ ।

व्यास नगरपालिका मानसिक स्वास्थ्य सम्बन्धी नीति पारित गर्ने र व्यास नगरपालिका वैदेशिक रोजगार व्यवस्थापनसम्बन्धी कार्यविधि, २०७८ लाई संशोधन गर्ने निर्णय गरेको छ । नगरपालिकाभित्रका सञ्चालित खानेपानीका केही मूल दर्ता भएको नदेखिँदा तीन महिनाभित्र मूल दर्ताका लागि सूचना दिन निर्णय गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker