पल शाह प्रकरण : नाबालिगका बुबाले बयन फेर्दै भने, ‘छोरीले जे भनि त्यही हो’

भञ्ज्याङ न्यूज

नेपाली चलचित्रका कलाकार पल शाह प्रकरणमा पीडित नाबालिगका बुवाले पनि बयान फेर्दै होस्टाइल गरेका छन् । उनले छोरीले फेरेको बयान मान्छु भन्दै होस्टाइल गरेको जिल्ला अदालत तनहुँले जनाएको छ ।

तनहुँ जिल्ला अदालतमा मंगलबार भएको बकपत्रमा पीडितका बाबुले बयान फेरेका हुन् । उनले यसअघि सरकारी वकिलसमक्ष दिएको बयानभन्दा अदालतमा फरक बयान दिएका छन् ।

अदालतले तनहुँमा बकसपत्र गर्ने क्रममा नाबालिग गायिकाका बुबाले पनि जबर्जस्ती करणी नभएको बयान दिएको अदालतका श्रेस्तेदार मिन बहादुर कुँवारले बताए ।

पीडितका बाबुले बकपत्रका क्रममा जबरजस्ती करणी नभएको भनेर बयान दिएको सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधीवक्ता रामचन्द्र शर्माले भने, ‘जबरजस्ती करणी भएको रहेनछ, मैले बल्ल थाहा पाएँ भनेर बयान दिनुभयो ।’

पीडित भनिएकी नाबालिगले पनि आइतबार बयान फेरेकी थिइन् । पीडितले आफूले दबाबमा आएर त्यस्तो आरोप लगाएको बताएकी थिइन् ।

नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँ अदालतको आदेश बमोजिम शाह गत चैत १० गते शाह पुर्पक्षका लागि थुनामा गएका छन् । अदालतको आदेश बदर गर्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन दर्ता भइसकेको छ ।

शाहविरुद्ध नवलपुर अदालतले पनि थुनामा राख्ने आदेश दिएको छ । अभिनेता शाहलाई भोली बुधबार नवलपुर अदालत लगिने भएको छ । तनहुँ जिल्ला अदलतमा वैशाख १९ गते पेशी रहेको अदालतका श्रेस्तेदार कुँवरले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker