गाउँमै भिडियो एक्सरे सेवा

तनहुँको आँवुखैरेनी गाउँपालिकाले वडा नं. ६ को हिलेखर्कमा सञ्चालन गरेको एकीकृत स्वास्थ्य शिविरमा स्त्रीरोग सेवा तथा यूयसजी सेवा प्रदान गरिदै । देउराली स्वास्थ्य चौकीसंग समन्वय गरी सञ्चालन गरिएको शिविरमा परिवार नियोजन, भिआईए परीक्षण, खकार जाँच, स्त्रीरोग सेवा तथा युयसजी सेवा प्रदान गरिएको थियो । गाउँपालिकाले हरेक वर्ष टोल–टोलमा डाक्टरसहित स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको र यस कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लगिएको छ । तस्विर : भञ्ज्याङ










