पत्रकार महासंघ तनहुँमा मियाँलाई ४ मतले पराजित गर्दै पौडेल निर्वाचित

भञ्ज्याङ न्यूज

नेपाली सञ्चारकर्मीका लागि बहुप्रतिक्षीत नेपाल पत्रकार महासंघ तनहुँ शाखाको अध्यक्षमा प्रगतिशील, व्यावसायिक तथा राष्ट्रियताप्रति प्रतिवद्ध प्यानलबाट उज्वल पौडेल निर्वाचित भएका छन्। नेपाल प्रेस युनियान र प्रेस सेन्टर तनहुँको संयुक्त प्यानलका उम्मेदवार शेख मोहम्द हनिफ (गोरा मियाँ)लाई ४ भोट अन्तरले पराजित गरेका हुन्।

तनहुँ शाखाका कुल ११६ सदस्य मध्ये १११ मत खसेकोमा पौडेलले ५७ मत प्राप्त गरेका छन् भने मियाँले ५३ मत प्राप्त गरेका छन् । पौडेल प्यानलबाट एक खुल्ला सदस्य बाहेक अन्य पदमा मियाँको प्यानल निर्वाचित भएको छ । महासंघको उपाध्यक्ष पदमा धनपति अधिकारीले ५६ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी समुन्द्र पौडेलले ५२ मत प्राप्त गरेका छन्। महिला उपाध्यक्ष पदमा अस्मिता खनालले ७४ मत प्राप्त गरेकी छन भने उनका प्रतिस्पर्धी सम्झना रसाइलीले ३५ मत प्राप्त गरेकी छन् ।

यस्तै, सचिव पदका उम्मेदवार प्रताप रानाले ६६ मत प्राप्त गरी निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी कृष्णचन्द्र न्यौपानेले ४५ मत प्राप्त गरेका छन् । खुल्ला सहसचिवका उम्मेदवार प्रकाश अधिकारीले ६१ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी ऋषिकान्त दुवाडीले ४९ मत प्राप्त गरेका छन्।

महासंघ तनहुँको सहसचिव समावेशी पदकी उम्मेदवारी मिला दरैले ६६ र सुनिता आचार्यले ४४ मत प्राप्त गरेका छन् । यस्तै कोषाध्यक्षमा विमला दुवाडीले ५९ मत प्राप्त गरी निर्वाचित भएकी छन् भने मदन तिमल्सेनाले ५२ मत प्राप्त गरेका छन् ।

तनहुँ शाखाको खुल्ला सदस्य पदमा उपेन्द्र खनालले ७१, किरण श्रेष्ठले ५७, प्रकृति खनालले ७०, राजेश्वर हड्डखलेले ५८, विकास खनाल ६२, विष्णु गौतम ६३, श्रीहरी पौडेलले ७६ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

यस्तै, महिला सदस्यहमा सुनिता थापाले ६२, जनजाती सदस्यमा सृजना रानाले ६२ मत, दलित सदस्यमा मुना कालिराज बिकेले ६३ मत प्राप्त गरी विजयी भएका छन् भने समावेशी अन्य सदस्य पदका उम्मेदवार रामशरण नेपाली निर्वारोध निर्वाचित भएका छन् ।

नेपाल पत्रकार महासंघको बुधबार सबै शाखा, प्रदेश समिति र केन्द्रीय समितिको निर्वाचन एकसाथ सम्पन्न भएको छ । पत्रकार महासंघ प्रत्यक्ष मतदान प्रणालीमा प्रवेश गरेपछि केन्द्रीय समितिको निर्वाचन पहिलो पटक प्रत्यक्ष प्रणालीबाट गरिएको हो ।

महासंघको केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा र विभिन्न प्रतिष्ठान तथा एसोसिएटमा नयाँ नेतृत्वका लागि १३ हजार १२२ सदस्यले एकसाथ मतदानमा सहभागि भएका थिए ।

निर्वाचनका लागि ७७ जिल्लाको सम्बन्धित जिल्ला शाखामा, ४२ प्रतिष्ठानको विभिन्न १९ स्थानमा र एक एसोसियटको दशरथ रङ्गशालामा गरी कुल ९७ बुथमा निर्वाचन तोकिएको थियो । केही शाखा र प्रतिष्ठानमा र्सवसम्मत रूपमा नयाँ नेतृत्व चयन भएका थिए । महासंघको केन्द्र र प्रदेशको निर्वाचन परिणाम आउन बाँकी छ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker