ऋषिङ खुल्ला अल्ट्रा म्याराथनमा २४ धावकको नाम दर्ता

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको ऋषिङ गाउँपालिकाले आयोजना गरेको दोस्रो ऋषिङ खुल्ला अल्ट्रा म्याराथनमा सहभागि हुन हालसम्म २४ जना धावकले नाम दर्ता गराएका छन् । यही पुस २७ गते हुने प्रतियोगितामा खुल्ला तर्फ २४ जना धावकले नाम दर्ता गरिसकेको खेल संयोजक दानबहादुर श्रेष्ठले बताए । स्थानीय दौड प्रतियोगितामा भाग लिने धावकहरुले समेत नाम दर्ता गरिरहेका छन । १ किलोमिटरमा स्वयंसेवक र ५ किलोमिटरमा प्राथमिक उपचार केन्द्र राख्ने गरी प्रतियोगिताको तयारी भइरहेको बताइएको छ । ती केन्द्रहरुमा १ जना चिकित्सक, २ जना नर्स, २ जना अहेब सहितको स्वास्थ्यकर्मीको टोली रहने छन् । ६ वटा मोटरसाइकलले प्रतियोगिताको अवधिभर स्कटिङ गर्ने छ । ऋषिङदेखि दुबुङसम्मको मार्गमा रहेको खाल्टाखुल्टी पुर्ने, बाटो चौडा गर्ने, गेटहरु निर्माण गर्ने काम समेत भइरहेको गाउँपालिकाले जनाएको छ ।

‘ऋषिङ समृद्धिको आधार कृषि संस्कृति, पर्यटन र पूर्वाधार’ भन्ने मुल नाराका साथ आयोजित अल्ट्रा म्याराथनको खुल्ला म्याराथनतर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः ६५ हजार, ४० हजार, २५ हजार र १० हजार रुपैयाँका साथै मेडल, ट्रफी र प्रमाणपत्र उपलब्ध गराइने गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले बताए ।

त्यस्तै स्थानीय म्याराथन तर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः १५ हजार, १० हजार, ६ हजार र २ हजारका साथै मेडल, ट्रफी र प्रमाणपत्रले पुरस्कृत गरिने भएको छ । प्रतियोगितामा महिला सर्ट म्याराथनतर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः १० हजार, ८ हजार, ५ हजार र २ हजार रुपैयाँ उपलब्ध गराइने भएको छ । म्याराथनमा सहभागी हुन चाहने धावकहरुले पुस २५ गते बिहान १० बजेसम्म फाराम भर्न सक्नेछन ।

खुल्ला म्याराथनतर्फ धारुङ भञ्ज्याङदेखि दौड शुरु भइ ऋषिङ प्रवेशद्वार, रानीपोखरी, गाउँपालिकाको कार्यालय, अर्खलाछाप, काफलडाँडा, पुरानो ऋषिङ -चालिसे) पोखरीभञ्ज्याङ, गोठादी, ढुंगाडे, भिरकोट अर्चल्दी, मौरीबास, दाङसिरी, हुँदै दुबुङकोट भ्यू टावरमा पुगेर समापन हुनेछ । स्थानीय म्याराथनका लागि धारुङ भञ्ज्याङबाट शुरु भइ रानीपोखरी, गाउँपालिकाको कार्यालय, अर्खलाछाप, केउराडी, ज्यामिरेमाइ मन्दिरमा पुगेर समापन हुनेछ । महिला सर्ट म्याराथनतर्फ धारुङ भञ्ज्याङदेखि रानीपोखरी, गोर्खाली चौतारी, गैराथोक, दुर्गा मन्दिर, कोट दरबार, दुर्गा भवानी मन्दिर सम्मको रुट चयन गरिएको गाउँपालिकाले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker