शुक्लागण्डकीको कृषि उपज संकलन केन्द्र सञ्चालन गर्न नगर उद्योग वाणिज्य संघ तयार

दुलेगौंडा : तनहुँको शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले शुक्लागण्डकी नगरपालिकाले निर्माण गरेको कृषि उपज संकलन तथा विक्रि केन्द्र सञ्चालन गर्न तयार रहेको जनाएको छ ।

संघका अध्यक्ष समुन्द्रराम श्रेष्ठको नेतृत्वमा सोमबार नगरपालिका पुगेको प्रतिनिधिमण्डलले नगर प्रमुख कृष्णराज पण्डितलाई केन्द्र सञ्चालनका लागि आशयपत्र बुझाएको हो ।

गत कार्तिक १९ गते बसेको संघको बैठकले नगरपालिकाले अनुमति दिए केन्द्रको व्यवस्थापन र सञ्चालन नगरसँगको समन्वयमा गर्न तयारी भएको निर्णय गरेको थियो ।

संघका अध्यक्ष श्रेष्ठले स्थानीय उत्पादनको बजार विस्तार र व्यवस्थापनका लागि सो केन्द्र आवश्यक रहेको भन्दै अब संघ त्यसको सञ्चालनको जिम्मा लिन तयार रहेको बताए । उनले भने, ‘स्थानीय उत्पादनको बजारिकरणमा उद्योग वाणिज्य संघको पनि दायित्व हुन्छ, त्यसैले नगरसँग सहकार्य गर्दै अघि बढ्न तयार छौं ।’

नगर प्रमुख कृष्णराज पण्डितले कानुनी प्रक्रिया पूरा गरी केन्द्र सञ्चालनको जिम्मा दिने तयारी भइरहेको जानकारी दिए । ‘हामीले पहिला नै आव्हान गरेका थियौं, तर कोही आएनन् । अहिले प्रस्ताव आएको छ, बजेट पनि छुट्याइएको छ’, प्रमुख पण्डितले भने, ‘थप पूर्वाधार निर्माण र कार्यविधि तयार गरी अघि बढ्ने योजना छ।’

कार्यक्रममा संघका पदाधिकारी, सदस्य, महिला उद्यमी तथा वडा व्यवस्थापन समितिका प्रतिनिधिहरूको उपस्थिति रहेको संघका महासचिव सुजन श्रेष्ठले जानकारी दिए ।

शुक्लागण्डकी–५ बेलचौतारास्थित पृथ्वीराजमार्गको छेउमा निर्माण गरिएको सो कृषि उपज संकलन तथा विक्रि केन्द्र निर्माणका लागि २ करोड ३० लाख रुपैयाँ खर्च भएको बताइएको छ ।

तत्कालीन नगर प्रमुख किसान गुरुङको कार्यकालमा आर्थिक वर्ष २०७७/०७८ को बजेटबाट टेन्डर आव्हान गरी केन्द्र निर्माण गरिएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker