लापरवाही बढेपछि तनहुँको दमौली बजारका चोकचोकमा सशस्त्र प्रहरी तैनाथ

भञ्ज्याङ न्यूज

दोश्रो लहरको कोरोना भाइरस संक्रमण समुदायस्तरमै फैलन थालेपछि रोकथाम तथा जोखिम न्यूनिकरणका लागि भन्दै जिल्ला प्रशासन कार्यालय तनहुँले वैशाख २२ गते रातीदेखि वैशाख ३१ गते राती १२ बजेसम्मका लागि जिल्लामा निषेधाज्ञा जारी गरेको छ ।

प्रशासनले जारी गरेको निषेधाज्ञाको अवज्ञा गरी सर्वसाधारणहरु हिड्डुल गर्ने, सावारी साधान चलाउने, व्यापार व्यवसाय सञ्चालन गर्ने जस्ता कार्य गर्न थालेपछि आजबाट दमौली बजारको मुख्यमुख्य चोकमा सशस्त्र प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताए ।

उनले भने, ‘नागरिकको स्वास्थ्य सुरक्षालाई ध्यान दिंदै केही दिन घरमै सुरक्षित रुपमा बस्नुस भनि गरिएको निषेधाज्ञाको पूर्णपालना नगरी लापरवाहीजन्य गतिविधि बढ्दै गएपछि सशस्त्र प्रहरी परिचालन गरी कडाइ गरिएको हो ।’

जिल्लामा पछिल्लो केही दिन यता दैनिक जसो कोरोना संक्रमितको संख्या वृद्धि हुँदै गएको छ । विभिन्न सचेतना मुलक कार्यक्रम तथा प्रचारप्रसार गरी सुरक्षित रुपमा घरमै बस्न, अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन, निस्कनै पर्ने भएमा आवश्यक स्वास्थ्य सुरक्षाका सामाग्रि

प्रयोग तथा मापदण्ड पालना गर्न आग्रह गरिएको भएपनि त्यो पूर्णरुपमा पालना नभएकाले सुरक्षा व्यवस्था कडा गर्नका लागि मनकामना गण भानुका सशस्त्र प्रहरीहरुलाई जिल्लाका मुख्यमुख्य बजार क्षेत्रमा परिचालित गरिएको प्रजिअ आचार्यले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker