जलविद्युत् आयोजनाको सहयोगमा विद्यालय भवन निर्माण

दमौली : तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा तनहुँको भिमाद नगरपालिका–५ ऋषिङपाटनस्थित दीपक माध्यमिक विद्यालयको भवन निर्माण सम्पन्न भएको छ । आयोजनाको सामाजिक उत्तरदायित्व विकास कार्यक्रममार्फत विद्यालयको सुविधासम्पन्न भवन निर्माण गरिएको हो । उक्त भवनको २०८० साल असोज ९ गते शिलान्यास गरिएको थियो ।

सरकारको विद्यालय भवनसम्बन्धी प्रचलित मापदण्ड, नमूना डिजाइन तथा प्राविधिक विशिष्टताअनुसार निर्माण गरिएको भवनले विद्यार्थीका लागि सुरक्षित, विपद्–प्रतिरोधी तथा गुणस्तरीय सिकाइ वातावरण सुनिश्चित गर्न सहयोग पुर्याउने आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार रु ९४ लाख ५७ हजारको लागतमा भवन निर्माण गरिएको हो । विद्यालय भवन निर्माणको ठेक्का स्याङ्जास्थित निवास इन्जिनियरिङ कन्सल्टेन्सीले प्राप्त गरेको थियो ।

नयाँ भवनले आयोजना प्रभावित समुदायका विद्यार्थीका लागि थप व्यवस्थित र गुणस्तरीय शैक्षिक पूर्वाधार उपलब्ध गराउँदै अनुकूल सिकाइ वातावरण सृजना गर्ने भण्डारीले बताउनुभयो । यसले सामाजिक पूर्वाधारको विकास तथा आसपासका समुदायको दीर्घकालीन शैक्षिक र सामाजिक–आर्थिक विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको उहाँको भनाइ छ ।

विद्यालयका प्रधानाध्यापक उत्तम खनियाले नयाँ भवन निर्माण भएपछि अध्ययनमा सहज हुने बताउनुभयो । आयोजनाले प्रभावित क्षेत्रमा सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ । हालसम्म ९८ वटा योजनाहरू सम्पन्न भइसकेको र छवटा योजना सञ्चालनमा रहेको भण्डारीले जानकारी दिनुभयो ।

भिमाद नगरपालिका–५ स्थित फेदीखोला मोटरेबल पुल निर्माण, ऋषिङ गाउँपालिका–७ स्थित डाडीवन चुलेसी पहुँच मार्ग, भिमाद नगरपालिका–५ स्थित वानटाङ खोलामा पक्की पुल निर्माण, ऋषिङ गाउँपालिका–१ स्थित दीपक माध्यमिक विद्यालय भवन निर्माण, भिमाद नगरपालिका–५ स्थित ज्येष्ठ नागरिक सामुदायिक भवन निर्माणको काम जारी छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker