मकैको खोस्टा र थाकलबाट हस्तकलाका सामाग्री उत्पादन गर्न सिकाउँदै बन्दिपुर

भञ्ज्याङ समाचारदाता/बन्दिपुर

तनहुँको बन्दिपुर गाउँपालिकाले महिलाहरुलाई स्वरोजगार बनाउने लक्ष्यका साथ विभिन्न सीपमुलक तालिम सञ्चालन गर्दै आएको छ । गाउँपालिकाले वडा नं. १ मा मकैको खोस्टा र थाकलबाट हस्तकलाका विभिन्न सामाग्री उत्पादनका लागि ३० दिने सीपमुलक तालिम सम्पन्न गरेको छ ।

स्थानीय स्तरमा सहजै पाइने र उपयोग गर्न नजान्द खेरा गइरहेको मकैको खोस्टा र जंगलमा पाइने थाकलको प्रयोग गरी विभिन्न हस्तकलाका सामाग्रि बनाउन सिकाइएको वडा नं. १ का वडाअध्यक्ष शिवकुमार श्रेष्ठले बताए ।

गाउँपालिकाको आयोजन तथा ओम राजश्री मल्टी एग्रोको प्राविधिक सहयोगमा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत वडा नं. १ का बिपन्न र बेरोजगार महिलाहरुका लागि मकैको खोस्टा र थाकलबाट हस्तकलाका सामग्री उत्पदान गर्ने सीप मुलक तालिम सञ्चालन गरिएको वडा अध्यक्ष श्रेष्ठले बताए ।

उक्त तालिमको समापन तथा तालिममा सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्दै गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले तालिमबाट प्राप्त सिपलाइ आफ्नो उद्यममा जोड्न अनुरोध गरे । ‘उत्पादित सामाग्री बिक्री बितरण गर्न पनि गाउँपालिकाले सहजीकरण गर्नेछ’, अध्यक्ष थापाले भने, ‘बन्दिपुरमा चाँडै नै कोशेली घर सञ्चालनमा ल्याउँछौ । यसले बन्दिपुरमा उत्पादन भएका बस्तुलाई बजारीकरणमा टेवा पुग्ने छ भने बन्दिपुर घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटकलाई कोशेलीका रुपमा बिक्री वितरण हुनेछ ।’

घरबारी तथा वनजंगलमा कुहिएर खेर जाने कच्चा पदार्थको उपयोग हुनुका साथै महिलालाई आम्दानीसँग जोड्न यो तालिम प्रवभाकारी हुने अध्यक्ष थापाले बताए । ‘स्थानीय स्तरमा उत्पादित टोप, झोला लगायतका हस्तकलाका सामाग्रि पर्यटन बजार पोखरा, काठमाडौ लगायतका क्षेत्रमा माग राम्रो रहेको छ’, अध्यक्ष थापाले भने, ‘स्थानीय बजार तथा मुलुकका पर्यटन बजारका साथै बढिनै उत्पादन भएमा विदेशी बजारसम्म पुर्‍याउने व्यवस्थापन गाउँपालिकाले गर्नेछ ।’

सीप मुलक तालिमले बेरोजगार बसेका युवालाई स्वरोजगार बनाउने मद्दत पुग्ने हुँदा गाउँपालिकाले विभिन्न सीपमुलक तालिमलाई प्राथमिकतामा राख्दै आएको छ । अध्यक्ष थापाले भने, ‘सिकेको सीपलाई उत्पादनसंग जोड्न सके उत्पादकको आर्थिक सवालिकरण हुनुका साथै पालिकामा स्वदेशी तथा विदेशी मुद्रा भित्र्याउन समेत टेवा पुग्ने छ ।’

‘बजारीकरणको अभाव हुनेमा कुनै संकोच मान्नुपर्दैन, उत्पादन तपाई गर्नुहोस् यसको बजारीकरणमा हाम्रो समन्वय रहनेछ’, गाउँपालिका अध्यक्ष थापाले भने, ‘यो प्रशिक्षणले महिलालाई उद्यमशीतातर्फ उन्मुख बनाउनेछ, यो सीपले विदेशबाट आयातित कच्चा पदार्थ नभई स्थानीयस्तरका कच्चा पदार्थको उपयोग गरी वातावरणमैत्री बनाउन सहयोग पुगेको छ ।’

कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष पञ्चमाया गुरुङले महिलालाई अधिकार मात्र होइन सीप सिकेर आर्थिक सशक्तिकरणमा अगाडि बढ्न यो तालिमले मद्दत पुग्ने बताइन । ‘महिलाबाट नै आर्थिक सशक्तिकरण जागरण गरी आर्थिक उन्नति गर्नुपर्ने हुन्छ’, उनले भनिन्, ‘जिम्मेवारी हाम्रो पनि छ भनेर सीपको उपयोग गरी आयस्तर वृद्धि गर्नुपर्छ ।’

मकैको खोस्टा, थाकलबाट टोप, झोला, पेपल, गमला, फूलदानी, ढकिया, ट्रेलगायतका सामग्री बनाउन सकिन्छ । यस्ता सामग्री निर्माणले घरबारी तथा जंगलमा खेर गएका कच्चा पदार्थको उपयोग गरी राम्रो आम्दानी गर्न सक्ने वातावरण बन्ने गाउँपालिका मेडपा फोकल पर्सन दिनेश पौडेलले बताए । उनले भने, ‘थाकल, मकैको खोस्टा, गहुँको छ्वाली, बाँसबाट निर्माण गरिएका पेपल, गमला, फूलदानी, ढकिया, ट्रे लगायतका सजावटका सामग्री अहिले स्थानीय बजारभन्दा पनि बढी अन्तर्राष्ट्रिय बजारमा माग बढी रहेको छ ।

यहाँ उत्पादित वस्तु जापान, युएइ (दुवाइ), टयुनिसिया लगायत नेपालका पर्यटकीय स्थलमा बिक्री वितरण हुने गरेको छ ।’ ओम राजश्री मल्टी एग्रोको प्राविधिक सहयोगमा सञ्चालन गरिएको तालिममा ३० जना महिलाहरुको सहभागिता रहेको थियो । तालिममा सहभागि महिलाहरुले तालिम अत्यन्त फलदायी रहेको र आफुहरु उत्पादन तर्फ अघि बढ्ने प्रेरणा र सीप सिकाइ भएको बताएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker