म्याग्दे गाउँपालिकाको सेवा तीन दिनसम्म बन्द रहने

भञ्ज्याङ समाचारदाता (दमौली)

कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको भन्दै तनहुँको म्याग्दे गाउँपालिकाले तीन दिनसम्म सबै सेवा बन्द गर्ने निर्णय गरेको छ । गाउँपालिकाका केही कर्मचारीमा कोरोना संक्रमण देखिएपछि आज (बुधबार) देखि शुक्रबारसम्म सेवा बन्द गर्ने निर्णय भएको हो ।

संक्रमितसँगको कन्ट्याक्ट ट्रेसिङ गर्न र कोरोनाको जोखिम कम गर्न गाउँपालिका बन्द गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए । ‘गाउँपालिकाको कार्यालय र सात वटा वडा कार्यालय यही कात्तिक १४ गतेसम्म बन्द रहने छ’, उनले भने, ‘यी तीन दिनको अवधिमा अत्यावश्यक सेवाबाहेक सबै सेवा पूर्ण रुपमा बन्द रहनेछन् ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker