वडा स्वास्थ्य चौकीलाई एसओएस बालग्रामद्वारा आपतकालिन स्वास्थ्य समाग्री हस्तान्तरण
भञ्ज्याङ न्यूज

एसओएस बालग्राम नेपाल गण्डकीले व्यास नगरपालिकाको वडा नं १३ र १४ को वडा स्वास्थ्य चौकीलाई कोभिड १९ आपतकालिन स्वास्थ्य समाग्री हस्तान्तरण गरेको छ । संस्थाले समुदायमा आधारित परिवार सवलीकरण कार्यक्रम अन्तर्गत आपतकालिन स्वास्थ्य समाग्री हस्तान्तरण गरेको हो ।
एसओएस वालग्रामका कार्यक्रम अधिकृत संजय अर्याल, इन्टर्नशिप किरण गाहा मगर र परियोजना संयोजक अमृत पन्थीले वडा नं १३ मा रहेको वडाध्यक्ष लेख वहादुर राना र स्वास्थ्य चौकीका हेल्थ इन्चार्ज सागर तिवारीलाई अक्सिजन सहितको सिलिण्डर १ थान, अक्सिमिटर २ थान, थर्मल गन २ थान, पिपिई किट सेट ५ थान, फेस सिल्ड २० थान, नेवुलाईजर २ थान, हेण्ड मेटल स्टयाण्ड १ थान, ग्लोव्स ५०० थान, र्सर्जिकल मास्क ११००० पिस,रिसेवल मास्क १०० थान, सेनिर्टाईजर २० लिटर, फिनेल २० लिटर, सावुन २ हजार ५० पिस लगायतका समाग्री हस्तान्तरण गरेका थिए ।
यस्तै, उक्त संस्थाले वडा नं १४ को केशवटार स्वास्थ्य चौकीमा वालग्रामका परियोजना संयोजक अमृत पन्थी, परियोजना लेखापाल भरत पौडेल, सामुदायिक परिचालक विमला आले र सोनम थापाले वडाध्यक्ष काजीमान श्रेष्ठ, नगर कार्यकारिणी सदस्य नरिमाया राना, वडासदस्यहरु मोहन कुमार थापा, रिकेश थापा, सीता सुनार र अहेव पप्पु पंकज यादवलाई संयुक्त रुपमा स्वास्थ्य समाग्री हस्तान्तरण गरेका थिए ।
वडा स्वास्थ्य चौकीलाई संस्थाले अक्सिजन सहितको सिलिण्डर १ थान, अक्सिमिटर २ थान, थर्मल गन २ थान, पिपिई किट सेट ५ थान, फेस सिल्ड २० थान, नेवुलाईजर २ थान, हेण्ड मेटल स्टयाण्ड १ थान, ग्लोव्स ५०० थान, र्सर्जिकल मास्क ८ हजार पिस, रिसेवल मास्क १०० थान, सेनिटाइजर २० लिटर, फिनेल २० लिटर, सावुन १ हजार ४५० पिस लगायतका समाग्री हस्तान्तरण गरेको छ ।
स्वास्थ्य समाग्री हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष काजीमान श्रेष्ठले स्वास्थ्य संकट र महामरीको समयमा वालग्रामवाट समुदायका लागि गरिएको कार्य अत्यन्तै सह्रानीय भएको बताए । यसैगरि अहेव पप्पु पंकज यादवले स्वास्थ्य समाग्रीको अभावमा वालग्रामले गरेको सहयोगले ठुलो राहत मिलेको बताए ।
यसैगरि एसओएस वालग्रामका परियोजना संयोजक अमृत पन्थीले संस्थाले वालवालिकाका लागिमात्र नभै संकटको समयमा समुदायमा आधारित कार्यक्रम समेत गरिने जानकारी गराए । साथै उनले जनप्रतिनिधीको समन्वयत्मक भुमिकाका लागी धन्यवाद व्यक्त गरे ।










