व्यास नगरपालिकाका जनप्रतिनिधिले चार वर्षमा के के गरे ? (सूचिसहित)
भञ्ज्याङ न्यूज

स्थानीय तहको निर्वाचनबाट व्यास नगरपालिकाको जनप्रतिनिधिका रुपमा निर्वाचित भएर आएको चार वर्षमा सम्पादन गरिएका प्रगति विवरण सार्वजनिक गरिएको छ । वि.सं. २०७४ वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचन र जेठ ४ गते पदभार ग्रहण गरेपछिको अवधिमा भएका कामका विवरण नगरपालिकाले आज र्सार्वजनिक गरेको हो ।
बिगत चार वर्षको अवधिमा नगरबासीको माग र अपेक्षा बमोजिमका विकास निर्माणका काम गर्न सफल भएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले दाबी गरेका छन् । नगरबासीको मूल्याङ्कन र धारणालाई निर्वाचित भई आएका जनप्रतिनिधि र नगरपालिकाले गरेको कार्यको कसीका रुपमा लिएर बाँकी दश महिनाको कार्यअवधिमा समेत नगरबासीको सकारात्मक सुझाव र सहयोगको नगरप्रमुख न्यौपानले अपेक्षा गरेका छन् ।
‘विविधतायुक्त गाउँ शहर, समृद्द मेरो व्यास नगर’ भन्ने मूल नारालाई कायम गर्दै व्यास नगरपालिकाको पुनःसंरचना पछि २०७४ वैशाख अन्तिम साता भएको निर्वाचनको परिणामबाट विजयी भएका व्यास नगरपालिकाका विद्यमान हामी जनप्रतिनिधिहरुले सपथ लिएर काम थालनी गरेको आज ठिक ४ वर्षपुरा भएको नगरप्रमुख न्यौपानेले बताएका छन् ।
यस सन्दर्भमा उनले सम्पूर्ण नगरस्तरीय राजनीतिक दल, पुर्व जनप्रतिनिधि, उद्योगी, व्यवसायी, सञ्चारकर्मी, कर्मचारी एवं सम्पूर्ण नगरबासीबाट प्राप्त सद्भाव र सहयोगका लागि आभार व्यक्त गरिएको छ । यस अबधिमा संगै निर्वाचित भएका व्यास-१० का नगर सदस्य हेमराज पोख्रेलको निधन प्रति दुःख व्यक्त गरिएको छ ।
चार वर्षको अबधि प्रारम्भ हुनु अघि नगरपालिकाको आन्तरीक आय करिब ४ करोड ५० लाख रहेकोमा यस बर्ष २० करोड अपेक्षा गरिएको छ । विकास निर्माणका पुर्वाधारहरु सडक, खानेपानी, वडा कार्यालय निर्माण, स्वास्थ्य भवनहरु निर्माण, सेवा विस्तार, कृषि, पर्यटन र शैक्षिक क्षेत्र सुधारका लागि वडागत, नगरस्तरीय, प्रदेश र संघ स्तरीय बजेट परिचालन गरिएको नगरप्रमुख न्यौपानेले बताएका छन् ।
यस अबधिमा मानहुँकोटको पर्यटन विकास, व्यास पराशर क्षेत्रको विकास -१०८ फुट मुर्ती निर्माण), मादीनदी एकिकृत विकास परियोजना, नारेश्वर ताल निर्माण, खड्गकाली मार्ग निर्माण, नगरपालिकाको बहुउद्देश्यीय भवन निर्माण, विश्ववैंकको लगानीका शहरी पुर्वाधार सासकीय सुधारका कार्यहरुका लागि सम्झौता, फोहोरमैला व्यवस्थापन गर्ने लगायतका महत्वपूर्ण कार्यहरुको थालनी भएको बताइएको छ ।
यस्तै, कोभिड-१९ र बाढी पहिरोका कारणले अप्रत्यासित रुपमा अकल्पनीय चुनौती सामना गर्नुपरेको कारण यसले विकास प्रकृयामा गंभिर असर पुर्याएको बताउँदै नगरप्रमुख न्यौपानले आज ठिक ४ वर्ष पुरा भएको सन्दर्भमा बिगत ४ वर्षा थालनी भई सम्पन्न भएका र थालनी भएका कार्यहरुको बुँदागत विवरण र्सार्वजनिक गरेका छन् ।
चार वर्षा सम्पादन गरिएका कार्यहरुको विवरण
१) सडक निर्माणतर्फः
– कालोपत्रे सडक निर्माण १६.८० किलो मिटर,
– ग्राभेल सडक ४८.६८ किलो मिटर,
– कच्ची सडक ९८.४९ किलो मिटर निर्माण सम्पन्न,
– पक्की नाला ३६.९० किलो मिटर निर्माण सम्पन्न
२) शिक्षातर्फः
– सत्यवती र निर्मल नमुना विद्यालय योजना कार्यान्वयनमा सहजीकरण,
– माध्यमिक विद्यालयहरुमा इ हाजिरीको व्यवस्था,
– विद्यालय भवनको कोठा थप निर्माण एवं मर्मत,
– १० वटा विद्यालयमा पुस्तकालयको व्यवस्था,
– ९ वटा विद्यालयमा विज्ञान प्रयोगशालाको व्यवस्था,
– ५४ वटा विज्ञान, अंग्रेजी र गणित सम्बन्धी किट्स खरिद,
– विद्यालयहरुको विद्यार्थी अनुपातलाई आधारमानी गाभिएको,
– दरबन्दी नभएका मा.विहरुम केही दरबन्दीको व्यवस्थापन,
– प्रविधिमैत्री विद्यालय निर्माण कार्यक्रम सञ्चालित,
– गतवर्षदेखि विद्यालयमा दिवा खाजाको प्रारम्भ,
– प्रारम्भिक बालबिकास व्यवस्थापनमा सहयोग
३) वातावरण तथा सरसफाईतर्फः
– कुहिने फोहोरबाट मल उत्पादन कार्यको थालनी,
– नकुहिने फोहोरलाई व्यास १ भतेरीमा व्यक्तिको जग्गा लिई व्यवस्थापन,
– व्यास ४ र १० मा फोहोर मैलाको दीर्घकालीन व्यवस्थापनका लागि आइइइ गर्ने कार्य सम्पन्न,
– सडक किनारा, सार्वजनिक स्थल आदिमा जिल्ला वन कार्यालयसँग सहकार्य एवं समन्वयमा विभिन्न प्रजातिका रुख विरुवाहरु वृक्षारोपण कार्य गरिएको,
– वडाका विभिन्न स्थानहरुमा विभिन्न फलफूल तथा विरुवाको नर्सरी स्थापना गरी वातावरण प्रबर्द्धन गरिएको,
– प्लाष्टिक झोलामुक्त व्यास नगर अभियान कपडा/कागजको झोला बनाउने तालिम कार्यक्रम
४) विद्युततर्फः
– काठेपोल विस्थापन कार्यक्रम सञ्चालन,
– विद्युत विस्तारको लागि व्यवस्थापन,
– उपभोक्ताले नै विद्युत महशुल तिर्ने गरी सडक बत्ती विस्तार
५) खानेपानीतर्फः
– खानेपानीको लागि एक घर एक धारा निर्माण अभियानलाई ति व्र ता दिइएको,
– डिप बोरिङ र लिफ्ट प्रणालीबाट खानेपानी विस्तार गरिएको,
– ९० प्रतिशत नगरबासीमा सहज खानेपानी आपूर्ति गरिएको,
– देवीडाँडा खानेपानी व्यास-१०, कमेरेसाँध खानेपानी व्यास-१३, भादँगाउ खिरखादी व्यास-०१ ठुला आयोजना प्रारम्भ
६) स्वास्थ्यतर्फः
– वडा नं १,२,४,५,७,१० मा आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माण,
– खोप केन्द्र भवन निर्माण,
– शिशाघाट, बेलटारी, छिर्कनेमा स्वास्थ्य सेवा केन्द्र सञ्चालन,
– स्वास्थ्यचौकी, शहरी स्वास्थ्य केन्द्र भवन निर्माण,
– स्वास्थ्य संस्थामा जनशक्तिको पूर्ण रुपमा व्यवस्थापन गरिएको,
– कोभिड १९ को संक्रमणलाई व्यवस्थापन गर्न क्वारेन्टिन, आइसोलेसन निर्माण एवं संक्रमितलाई खान बस्नको प्रबन्ध गरिएको,
– स्वास्थ्य सम्बन्धी नियमित कार्यक्रमहरु व्यवस्थित रुपमा सञ्चालन,
– आँखा शिविर अन्तर्गत ६० वर्ष माथिका ७७२ जना ज्येष्ठ नागरिकको निशुल्क रुपमा आँखाको चेक जाँच गरी ४९ जनाको आँखाको अप्रेसन गरिएको ,
– महिलाहरुको पाठेघरको मुखको क्यान्सर सम्बन्धी शिविर सञ्चालन जसबाट ९५० जना लाभान्वित
– एम्बुलेन्स खरीद गरिएको हस्तान्तरण हुन बाँकी
७) कृषि विकास कार्यक्रमतर्फः
– अर्गानिक तरकारी उत्पादनका लागि बिउ वितरण र तरकारी संकलन केन्द्र निर्माण,
– हाट बजार सञ्चालनका लागि व्यास ३ मा १० कोठाको किसान बजार निर्माणाधिन,
– कृषि समूहलाई ८० प्रतिशत अनुदानमा २ ठूला ट्याक्टर खरिद,
– ५० प्रतिशत अनुदानमा ४५ वटा हाते ट्याक्टर खरिद एवं कृषकलाई वितरण, फलामे हलो वितरण,
– आलुको बिउ उत्पादनको लागि आलु प्रबर्द्धन कार्यक्रम सञ्चालन,
– धान प्रवर्द्धन कार्यक्रम अर्न्तर्गत धानको बिउ वितरण, साना सिंचाई कार्यक्रम, कम्पोष्ट मल उत्पादन आदि सञ्चालन,
– प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अर्न्तर्गत पकेट विकास कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन,
– भकारो सुधार, प्लाष्टिक टनेल निर्माण कार्यक्रम सञ्चालन,
– अनुदानको मल वितरण कार्यक्रम सहजीकरण गरिएको,
– शित भण्डार निर्माणका लागि टेण्डर प्रक्रिया अगाडि बढाइएको
८) पशु विकास कार्यक्रमतर्फः
– सहकारी मार्फ दुध उत्पादन बजारीकरणमा आधारित अनुदान प्रति लिटर रु.१। कार्यक्रम सञ्चालन,
– सहकारी मार्फ खसी/बोका उत्पादन बिक्रीमा आधारित कार्यक्रम प्रति के.जी रु.१०। अनुदान कार्यक्रम,
– यास ३ मा पशु बधस्थल निर्माण सम्पन्न,
– गाईभैँसी, भेडा/बाख्रा, सुंगुर/बंगुर प्रबर्द्धन कार्यक्रम अर्न्तर्गत वैदेशिक रोजगारबाट फर्केका युवाहरुलाई प्राथमिकतामा राखी फार्म सुधार/निर्माण गर्न अनुदान प्रदान,
– लागत साझेदारीमा गाई प्रबर्द्धन कार्यक्रम सञ्चालन,
– कृत्रिम गर्भाधान कार्य तथा प्राकृतिक गर्भाधानका लागि उन्नत प्रजनन् योग्य बोका, राँगो वितरण
९) सहकारी कार्यक्रमतर्फ
– नगरपालिकामा रहेको विभिन्न टोल विकास संस्थाहरुमा छरिएर रहेको पूँजीलाई एकत्रित गरी एउटै छहारीमुनी रहने गरी गाउँनगर सहकारी बचत तथा ऋण सहकारी संस्था गठन गरीएको, अन्य सहकारीहरुको अनुगमन, नियमन गरिएको,
– साझेदारी कोषको टोल विकास संस्था मार्फ ऋण लगानीमा निरन्तरता दिइएको
१०) उद्योग तथा पर्यटनतर्फः
– स्लेट ढुंगा, इटा उद्योगलाई व्यवस्थित रुपमा सञ्चालनका लागि कानुन निर्माण एवं कायान्वयन नगरपालिका क्षेत्रभित्रका ९ वटा होमस्टेहरुको पूर्वाधार निर्माण एवं आवश्यक तालिम प्रदान,
– एकीकृत पर्यटकीय गुरुयोजना निर्माण ,
– पर्यटकीय क्षेत्र समेट्ने गरी वृत्तचित्र निर्माण तथा व्रोसर निर्माण,
– मानहुँकोट पदमार्ग एवं पूर्वाधार निर्माण,
– पुलिमर्याङ शहीद पार्क निर्माण,
– कालिका जंगल पार्क निर्माणमा सहयोग,
– तनहुँशुर दरवार निर्माण एवं मर्मतमा सहयोग,
– गलेखामकोट भ्यूटावर निर्माण,
– व्यासको १०८ फिट अग्लो मुर्ती निर्माण कार्यको थालनी,
– दमौली सेन्टर पार्क निर्माण थालनी,
– कर्लुङ कोट कालिका मन्दिर निर्माण
– छाब्दी पर्यटन मार्ग निर्माण सम्पन्न,
– नारेश्वर ताल निर्माण जग्गा खरीद सम्पन्न,
– एकीकृत मादीनदी विकास परियोजनाको गुरुयोजना निर्माण,
– बुद्धशान्ती पदमार्ग अन्तरजिल्ला कार्यशाला गोष्ठी सम्पन्न
११) खेलकुदतर्फः
– मानुङकोटदेखि पुलिमर्याङसम्म अल्ट्रा म्याराथन प्रतियोगिता सञ्चालन,
– व्यास गुफादेखि तनहुँशुर दरबारसम्म महिला खुल्ला हाफ् म्याराथन प्रतियोगिता सञ्चालन,
– राष्ट्रपति रनिङ खेलकुद प्रतियोगिता सञ्चालन,
– अन्तर माध्यमिक विद्यालय मेयरकप छात्र फुटबल प्रतियोगिता,
– अन्तर माध्यमिक विद्यालय उपमेयरकप छात्रा फुटबल प्रतियोगिता,
– मेयर कप व्याडमिन्टन प्रतियोगिता,
– वी.पि वाटिका, चिन्तुटार, पराशरपार्क, कोलढुङ्गा खेलमैदान लगायत अन्य वडामा समेत खेलमैदान निर्माण एवं मर्मत
१२) सूचना तथा सञ्चारतर्फः
– सबै वडा कार्यालयमा इन्टरनेट सेवा जडान,
– सेवा प्रवाहको जानकारीका लागि डिजिटल नागरिक वडापत्र स्थापना एवं सञ्चालन,
– कर्मचारीहरुको दैनिक उपस्थिति नियमन गर्न इ-हाजिरीको व्यवस्था,
– हरेक वडा कार्यालयमा अडियो नोटिस वोर्ड स्थापना एवं सञ्चालन,
– नगरपालिकाको मोबाइल एप्लिकेशन सञ्चालन,
– हस्त लिखित घटना दर्ता सम्बन्धी दस्तावेजहरु कम्प्युटरकृत गर्न सुरुवात गरिएको,
– विभिन्न शाखामा आवश्यक पर्ने सफ्टवेयर/प्रणाली निर्माण र प्रयोग,
– कार्यालय सुरक्षा प्रणालीलाई सुदृढ गराउन सि.सि. क्यामेरा जडान,
– कार्यालय र शहरलाई सुरक्षित एवं व्यवस्थित गर्न सि.सि. क्यामेरा जडान तथा सहयोग,
– नगरपालिकाको केही स्थानमा प्रिm वाइफाई जोनको स्थापना,
– वेवसाइटको सञ्चालन तथा नियमित अध्यावधिक
१३) कानुन न्यायतर्फः
– १९ वटा ऐन, ८ वटा नियमावली, ४० वटा कार्यविधि, ६ वटा निर्देशिका र ३ वटा अन्य गरी जम्मा ७६ वटा कानून निर्माण गरिएको,
– न्यायिक समिति मार्फ उजुरीहरुको फैसला गर्ने गरिएको,
– वडामा मेलमिलाप केन्द्रको स्थापना गरिएको,
– मेलमिलापकर्ताहरुको सूचीकृत गरिएको
१४) विविध :
– नगरपालिका बहुउद्देश्यीय प्रशासनिक भवन निर्माण सम्पन्न,
– नगर सभा हल निर्माण सम्पन्न ,
– वडा नं. १,२,४, ५, ७, ९, १०,११ को वडा कार्यालय भवन निर्माण सम्पन्न,
– वडा पहूँच मार्ग निर्माण अर्न्तर्गत पिच बाटो निर्माण एवं मर्मत,
– वडा नं.१ मा बसपार्क निर्माण चलिरहेको,
– शहरी सौर्न्दर्य अर्न्तर्गत अनसन चौतारी लगायत मुख्य शहरी वडाहरुको चोक सुधार एवं निर्माण,
– नगर र वडा स्तरीय विपद व्यवस्थापन समिति गठन,
– भूकम्प प्रतिरोधी संरचना निर्माणका लागि तालिम प्रदान गर्नुका साथै निर्माणकर्मीको सूचीकृत,
– व्यास ५, ६, १० र ११ मा एकीकृत जग्गा विकास कार्यक्रम सञ्चालन प्रक्रिया अगाडि बढेको,
– ६८४४ जना भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको लगत संकलन गर्ने कार्य सम्पन्न,
– सुरक्षित घर आवास कार्यक्रम अर्न्तर्गत ४८५ वटा घरको खरको छाना फेर्ने कार्य प्रारम्भ,
– युवा परिषद्को नगरस्तरीय नमूना अभ्यास संसद सञ्चालन,
– शहरी वडाहरुमा मेटि्रक ठेगाना प्रणाली लागु भएको,
– ‘ग’ वर्गका अपाङ्गता भएका १७४ जनालाई विगत २ वर्षदेखि आन्तरीक श्रोतबाट वार्षिक प्रोत्साहन भत्ता वितरण,
– आवधिक योजना निर्माण,
– बैंकहरु मार्फ सामाजीक सुरक्षा भत्ता वडा केन्द्रहरुबाट वितरण
१५) गुरु योजना तथा डि.पि.आर. निर्माण भएका योजना तथा कार्यक्रमहरुको विवरण :
– दमौली सेन्टर पार्क अनसन चौतारी
– चिन्तुटार रङ्गशाला
– नारेश्वर ताल
– आइ.एस.पि. जडानको
– १०८ फिट व्यासको मुर्ती निर्माण
– कार्यालयको भवन निर्माण
– मानहुँकोट पर्यटकीय गुरु योजना
– एकीकृत नगर विकास योजना -आइ.यू.डि.पि.)
– एकीकृत मादीनदी विकास परियोजना
– कमेरेपानी खानेपानी योजना
– देवीडाँडा खानेपानी योजना
– ठिन हर्कपुर खानेपानी योजना
– कालिका जंगलपार्क गुरु योजना
– कोलगैरा क्रिकेट मैदान
– एकीकृत पर्यटन विकास गुरु योजना
– चुँदेर नेपालटार खानेपानी योजना
– रानीगाउँ डिप बोरिङ योजना
– बेलटारी डिप बोरिङ योजना
– वि.पि. वन बाटिका खेलमैदान
– पुलिमर्याङ सहिद पार्क
– खड्गकाली मोटर मार्ग
– व्यास झुला निर्माण
१६) पालिकाका भावी योजना तथा कार्यक्रमहरु (दिगो विकासका लक्ष्यहरु पछ्याउदै)
– एकीकृत मादीनदी विकास परियोजना गुरु योजना निर्माण एवं कार्यान्वयन,
– नारेश्वर ताल निर्माण,
– एकीकृत जग्गा विकास कार्यक्रम
– मानहुँकोट पर्यटकीय विकास कार्यक्रम,
– तनहुँसुर ऐतिहासिक पर्यटकीय कार्यक्रम,
– सहिद पार्क कालिका जङ्गल पार्क निर्माण,
– व्यासको १०८ फिटको मूर्ती निर्माण,
– कृषिमा आत्मनिर्भर कार्यक्रम,
– मासु तथा दुधमा आत्मनिर्भर कार्यक्रम,
– शैक्षिक संस्था प्रबर्द्धन,
– स्वास्थ्य संस्थाहरु भवन पूर्णता,
– बहुउद्देश्यीय व्यवसायिक थप भवन निर्माण,
– किसान उत्पादन सुरक्षीत राख्न शित भण्डार निर्माण,
– फोहोर मैला वर्गीकरण एवं स्यानीटरी ल्याण्डफिल साइट निर्माण,
– हरेक वडामा पार्क तथा पोखरी निर्माण










