तनहुँमा वैशाख २६ र २७ गते गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता

दमौली : तनहुँको दमौलीमा गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता गरिने भएको छ । जिल्ला खेलकुद विकास समिति तनहुँले अन्तरजिल्ला स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको हो । यही वैशाख २६ र २७ गते व्यास नगरपालिका–३ खुल्ला मैदानमा अन्तरजिल्ला स्तरीय भलिबल प्रतियोगिता गर्न लागिएको विहीबार पत्रकारसम्मेलन गरी जानकारी गराइएको छ ।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशको समूह छनोटका लागि यहाँ प्रदेशस्तरीय प्रतियोगिता आयोजना गर्न लागिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेले जानकारी दिए । प्रतियोगिताबाट गण्डकी प्रदेशको महिला र पुरुषको सशक्त समूह छनोट गरिने उनले बताए । उनले भने, ‘दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन यहाँ आएर खेल्नैपर्छ । यहाँ खेलेका खेलाडीबाट समूह बनाइनेछ ।’
प्रतियोगितामा गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट महिला तथा पुरुष खेलाडीको सहभागिता रहनेछ। दक्ष भलिबल खेलाडी उत्पादन र क्षमता विकास गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको पाण्डेले उल्लेख गरे । उनले भने, ‘तनहुँमा भलिबल निकै लोकप्रिय खेल हो । यसले खेल पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य राखेका छौँ ।’
छनोट खेल भएकाले प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु ३० हजार, रु २० हजार र रु १५ हजार नगद प्रदान गरिने समितिका अध्यक्ष पाण्डेले बताए । उनका अनुसार प्रतियोगितामा महिला र पुरुष गरी २४० खेलाडी, २० प्रशिक्षक, २० अफिसियल उपस्थित हुनेछन् ।
कार्यक्रम सम्पन्न गर्नका लागि रु २५ लाख ४६ हजार लाग्ने अनुमान गरिएको छ । खर्च व्यवस्थापन गण्डकी प्रदेश खेलकुद परिषद् र अन्य सरोकार भएका निकायबाट गरिने बताइएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker