आदिकवि भानुभक्त क्याक्पसको प्राध्यापक संघ इकाइद्वारा शुभकामना आदान प्रदान

  • भञ्ज्याङ समाचारदाता (दमौली)

नेपाल पव्लिक क्याम्पस प्राध्यापक संघ, आदिकवि भानुभक्त क्याम्पस इकाइले क्याम्पसमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । इकाइका उपसभापति चिरञ्जिवि बस्नेतको सभापतित्वमा आयोजित कार्यक्रममा क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले वडा दशैं, दिपावली, नेपाल संवत, छठ, इद लगायत सबै पर्वहरुको पावन अवसरमा सुस्वास्थ्य दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गरेका थिए ।

कार्यक्रममा सहायक क्याम्पस प्रमुख कल्पना लम्साल, निवर्तमान क्याम्पस प्रमुख श्रीकृष्ण न्यौपाने, आइ.क्यु.ए.सी. संयोजक आत्मराम बास्तोला, निवर्तमान सहायक क्याम्पस प्रमुख सदाखर तिमिल्सिना, विभागीय प्रमुख र विषय समिति संयोजकहरु, प्रजातन्त्रवादी प्राध्यापक संघ, क्याम्पस इकाइका अध्यक्ष जनक काफ्ले, राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष भोजराज देवकोटा, कर्मचारी संघ क्याम्पस इकाइका उपाध्यक्ष अप्सरा थापा, निवर्तमान अध्यक्ष भरत काफ्ले, संघका सचिव सागर न्यौपाने लगायत शुभकामना व्यक्त गरेका थिए ।

कोभिड-१९ संक्रमण जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड पूर्ण रूपमा पालना गरी भौतिक दुरी अपनाएर क्याम्पसमै उपस्थित भएर स्नातक तहमा बी.बी.ए. तथा बी.एड. र बी.बी.एस. प्रथम, दोश्रो र तेश्रो वर्षा एवं स्नातकोत्तर तहका एम. ए., एम. एड. र एम. बी. एस. र कक्षा ११ का कक्षाहरु आगामी कार्तिक १७ गतेबाट नियमित सञ्चालन गर्ने र कक्षा ११ को नियमित, आंशिक तथा ग्रेड वृद्धिको वार्षिक परीक्षा आगामी कार्तिक १९ गते दिनको १ बजेवाट सञ्चालन गर्ने तथा कक्षा ११ को नयाँ भर्ना कार्यक्रम कार्तिक महिना भर खुल्ला राख्ने निर्णयको क्याम्पसले गरेको छ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker