तनहुँको भानु नगरपालिकाद्वारा पुरनडिहि अस्पतालको अनुगमन

भञ्ज्याङ समाचारदाता/भानु

तनहुँको भानु नगरपालिकाले वडा नं. ५ को पुरनडिहि शहरी नगर अस्पतालको अनुगमन गरेको छ । कोरोनाका कारण जनताको अस्पतालमा आउजाउ बढेकाले अस्पतालबाट प्रदान गर्नुपर्ने सेवा सुबिधाहरु जनताले पाए नपाएको बारे जानकारी लिन नगरपालिकाका मेयर उदयराज गौलीको नेतृत्वको टोलीले अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा मेयर गौलीले अस्पतालका हेल्थ असिस्टेन्ट सुभास रेग्मीलाई आईशोलेशनमा रहेका कोरोना संक्रमित बिरामी र अन्य बिरामीको अस्पतालले दिन सक्ने सेवा सुविधा दिनु पर्ने भन्दै आँफु सदैव जनताको सुखदुःखमा सहयोगमा निरन्तर लागिरहेको स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराइले बताए ।

नगरपालिकाले जनताको स्वास्थ प्रति संवेदनशिल रहेकाले आगामी आर्थिक वर्षको बजेटमा पनि स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेट विनियोजन गरिने उपप्रमुख आशा थापाले बताइन् । उनले स्वास्थ्यमा कुनै समस्या देखिए नजिकको स्वास्थ चौकीमा जान वा स्वास्थ्यकर्मीलाई सम्पर्क गर्न अनुरोध गरेकी छन् ।

नगरपालिकाका अस्पताल र स्वास्थ्य चौकीहरूलाई सुविधा सम्पन्न बनाउन नगरपालिका सदैव प्रतिबद्ध रहेका प्रमुख प्रशासकीय अधिकृत भिमप्रसाद तिवारीले बताए । उक्त नगर अस्पतालमा अहिले २ जना पुरुष र १ जना महिला कोरोना संक्रमितको उपचार भैरहेको अस्पतालले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker