पछिल्लो २४ घण्टामा कोरोनाबाट सङ्क्रमित हुने भन्दा निको हुने बढी

पछिल्लो २४ घण्टामा कोरोनाबाट सङ्क्रमित हुने भन्दा निको हुनेको सङ्ख्या बढी भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कूल १६ हजार ८१४ नमूना परीक्षण गरिएकामा पाँच हजार ४२ जनामा सङ्क्रमण पुष्टि भएको छ । यसैगरी निको हुनेको सङख्या आठ हजार २४३ छ । यस आधारमा क्रमशः निको हुनेको संख्यामा बढोत्तरी भएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा पिसिआर बिधिबाट ११ हजार ४७१ र इन्टिजेन बिधिबाट पाँच हजार ३४३ नमूना परीक्षण गरिएको थियो । यस्तै, नेपाली सेनाले विभिन्न मितिमा गरेको शव व्यवस्थापनसहित ६८ जनाको निधन भएको छ । हालसम्म कूल सात हजार ७९९ जनाको कोरोनाबाट दुःखद निधन भएको छ । हालसम्म काूल पाँच लाख ८५ हजार १०० कोरोना सङ्क्रमित भएकामा चार लाख ८४ हजार ३७३ जना निको भएका छन् । यस आधारमा कूल निको हुने दर ८२.८ प्रतिशत रहेको छ ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १३ हजार १५९ सक्रिय सङ्क्रमित छन् । एक लाख ७८ हजार ६६२ जना निको भएका छन् भने एक हजार ६७६ जनाको निधन भएको छ । यस्तै, भक्तपुरमा तीन हजार ७६७ जना सक्रिय सङ्क्रमित छन् भने १६ हजार ५९४ जना निको हुँदा ३३४ जनाको ज्यान गएको छ । ललितपुरमा पाँच हजार ११८ जना सक्रिय सङ्क्रमित रहँदा २९ हजाार ६६ जना निको भइसकेका छन् । कोरोनाबाट जिल्लामा ४७४ जनाको ज्यान गएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker