वर्ष पुस्तक वार्षिक समिक्षा : मानवअधिकारको संरक्षणमा इन्सेकको भूमिका महत्वपूर्ण

भञ्ज्याङ समाचारदाता/दमौली

नेपाल मानव अधिकार वर्ष पुस्तक-२०२३ को लागि संकलित घटनाहरुको वार्षिक समिक्षा गरिएको छ । संकलित घटनाहरुको वार्षिक समिक्षा तथा जिल्लाको मानव अधिकारको अवस्थाका विषयमा विहीबार दमौलीमा आयोजित अन्तरक्रियामा सहभागिहरुले मानवअधिकारको संरक्षण्मा इन्सेकले खेलेको भूमिका महत्वपूर्ण भएको चर्चा गरेका छन् ।

कार्यक्रममा म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले राज्यले नागरिकको मानवअधिकारको संरक्षणको लागि काम गर्नुपर्ने बताए । संघीय सरकारले झै स्थानीय सरकारले पनि मौलिक हक कार्यान्वयनको लागि कानुन बनाउनु पर्ने भन्दै अध्यक्ष श्रेष्ठले मौलिक हक कार्यान्वयनमा कुनै कसर बाँकी नराख्ने बताए ।

उनले मानवअधिकारको संरक्षण र सम्बर्द्धनका लागि इन्सेकको भुमिका महत्वपूर्ण रहेको चर्चा गर्दै मानवअधिकारको रक्षाको लागि इन्सेकले बदलिदो परिवेशलाई ख्याल गरी आफ्नो भुमिका बिगतको भन्दा अझ प्रभावकारी र बनाउनु पर्ने सुझाए ।

वर्ष पुस्तकको लागि संकलित घटनाहरुको बारेमा सरोकारवाला निकायको सुझाव संकलन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा इन्सेकको तथ्याङ्क अनुसार तनहुँमा सन् २०२२ मा मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट ११८ जना पीडित भएको तथ्याङ्क इन्सेक जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराइले सार्वजनिक गरेका थिए ।

सन २०२२ मा तनहुँमा १११ वटा मानवअधिकार उल्लङ्घनका घटनामा १०५ महिला र १३ पुरुष सहित ११८ जना पीडित भएका छन् । जसमा घरेलु हिंसा तर्फ सबैभन्दा धेरै ७० वटा घटना भएका छन् । त्यस्तै बलात्कार, बलात्कार प्रयास र यौनजन्य दुर्व्यहवार तर्फ ३० वटा घटना भएका छन् । कुटपिटमा ५ वटा, हत्यामा ३, मानव बेचविखन तर्फ १, बोक्सीको आरोप १ र गिरफ्तार १ वटा भएका छन् ।

समिक्षा कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक युवराज खड्काले मानव अधिकारको घटना राज्यसँग सम्बन्धित हुने भएकाले प्रहरीले मानवअधिकार हनन्का घटनामा शुन्य सहनशिलताको नीति लिएको बताए । मानवअधिकारको संरक्षण र सम्बर्द्धनको लागि प्रहरीले विभिन्न स्थानमा सचेतनाको कार्यक्रम गर्दै आईरहेको भन्दै उनले राज्य नै मानव अधिकारको मुख्य संरक्षक भएको भन्दै मानव अधिकार र मौलिक हकमा समावेश भएका अधिकारहरु नागरिकलाई उपलब्ध गराउनु राज्यको मुख्य दायित्व भएको बताए ।

नेकपा एमालेका जिल्ला सचिव राजेश्वर ढकालले मानवअधिकारको विषयलाई इन्सेकले राम्रोसँग उठान गरेको बताउँदै इन्सेकले उपलब्ध गराएको तथ्याङ्क सहितको प्रतिवेदनले राजनीतिक पार्लाई पनि आफ्नो बैठकहरुमा छलफल गर्ने आधार हुने बताए ।

महिला मानव रक्षक सन्जालकी सदस्य बसुन्धरा घर्को अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्य मिनबहादुर चदारो, नेकपा माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य रामहरी बजगाँइ, नेकपा एकिकृत समाजबादीका जिल्ला अध्यक्ष श्रीराम कार्की, गैसस महासंघकी सचिव एवं नेपाल बार एसोसियसनको मानवअधिकार तथा जनसरोकार समितिका संयोजक सरिता थापा भण्डारी लगायतले बैदेशिक रोजगारीको कारण तथा सामाजिक सञ्जालको दुरुपयोगको कारण पनि यौनजन्य हिंसामा बृद्धि भएको र त्यस तर् नीति निर्माताहरुको ध्यानाकर्षण हुनुपर्नेमा जोड दिएका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker