फोहोर व्यवस्थापन जग्गा खरिद प्रकरणको निष्पक्ष छानबिन गर्न व्यासका मेयर उम्मेदवार जोशीको माग

दमौली । व्यास नगरपालिकाका मेयर उम्मेदवार दीपकराज जोशीले फोहोर व्यवस्थापन जग्गा खरिद प्रकरणको निष्पक्ष छानबिन गर्न माग गरेका छन् । बुधबार प्रेस विज्ञप्ती जारी गरी जोशीले फोहोर व्यवस्थापनसम्बन्धी जग्गा खरिद प्रकरणमा सार्वजनिक भएको अडियोले प्रशासनिक पारदर्शिता र जवाफदेहितामाथि प्रश्न उठाएको उल्लेख गरेका छन् ।

विज्ञप्तीमा भनिएको छ, ‘भ्रष्टाचार र अनियमितताको अन्त्यका लागि एकजुट बनौँ। व्यास नगरपालिकामा पछिल्लो समय देखिएका भ्रष्टाचार, अनियमितता, स्रोतसाधनको दुरुपयोग, अपारदर्शी निर्णय प्रक्रिया र सार्वजनिक सम्पत्तिको अव्यवस्थित व्यवस्थापनप्रति गम्भीर ध्यानाकर्षण भएको छ।’

जोशीले नगरका प्रतिनिधिहरू जनताको हितविपरीत स्वार्थसिद्धिमा लिप्त देखिएको बताउँदै विगतका घोटालाहरूको विस्तृत अनुसन्धान गर्दै जनप्रतिनिधि तथा कर्मचारीहरूको संलग्नता स्पष्ट पार्न माग गरेका छन्।

भविष्यमा यस्ता अनियमितता रोक्न सुधार लागू गरि, सार्वजनिक सम्पत्तिसम्बन्धी निर्णयमा जनताको सहभागिता सुनिश्चित गर्न माग गर्दै जोशीले नगरको सुशासन, पारदर्शिता र जनहित रक्षा गर्न सम्पूर्ण नगरबासी, राजनीतिक दल, नागरिक समाज तथा सरोकारवाला निकायलाई एकताबद्ध हुन अपिल गरेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker