मिस नेपाल प्रतिस्पर्धी करुणा जिताउन गुरुङको संयोजकत्वमा समिति गठन

दमौली । मिस नेपाल प्रतिस्पर्धी करुणा राउतलाई विजयी गराउन गृहजिल्लामा ‘करुणा जिताऔ अभियान’ गठन गरिएको छ। सोमबार बसेको बैठकले गलबहादुर गुरुङको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरिएको हो। समितिमा शंकर अधिकारी, नविन पुरी, गौरव पन्थ, शैलेश खाती, सरोज भण्डारी, रवि भुजेल, रनिल रोका र शिवहरी धिताल सदस्य छन् । मिस नेपालको टप २६ मा रहेकी करुणालाई विजयी गराउने उद्देश्यले जिल्लामा समिति गठन गरिएको संयोजक गलबहादुर गुरुङले बताए ।

लोकप्रिय सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल २४’ का लागि भोटिङ प्रक्रिया गत आइतबारबाट सुरू भइसकेको छ । मिस नेपालमा प्रतिष्पर्धी रहेकी दमौली, तनहुँकी करुणा राउतलाई भोट हाल्नका लागि उनको भोटिङ कोड ८ रहेको छ । भोटिङका लागि डिजिटल वालेट खल्ती डाउनलोड गर्नुपर्नेछ । खल्ती एपमा इन्टरटेनमेन्ट सेक्सनमा गएर भोट अप्सनमा गई मिस नेपालको भोटिङ अप्सनमा गएर भोटिङ गर्न सकिने कम्पनीले जनाएको छ ।

मिस नेपाल २०२४ का लागि खल्ती प्रयोगकर्ताले एक भोट सित्तैमा हाल्न पाउनेछन् । साथै केवाईसी भेरिफाई गरिएका खल्ती एपका प्रयोगकर्ताले अर्को एक भोट थप गरी दुई भोटसम्म निशुल्क हाल्न पाउने कम्पनीले जनाएको छ । मिस नेपाल २०२४ का लागि २६ जना प्रतिष्पर्धी रहेका छन् ।

मिस नेपाल २०२४ मा उत्कृष्ट २६ भित्र परेकी करुणा मिस नेपाल बन्नकै लागि अस्ट्रेलियाबाट नेपाल फर्केकी हुन् । १५ वर्षको उमेरमै मोडलिङमा प्रवेश गरेकी उनी यसअघि मिस एसएलसी पोखरा–२०१४ की रनरअप समेत हुन् । सिड्नीबाट ब्याचलर्स अफ नर्सिङ अध्ययन गरेकी करुणाले सन् २०२० देखि नर्सिङ क्षेत्रमा सक्रिय रहँदै आएकी छन्। उनीसँग अस्ट्रेलियाको सांसदले सञ्चालन गर्ने ‘नेशनल लिडरसिप फोरम’मा सहभागी भएको अनुभव समेत छ ।

उनले मिस वर्ल्ड अस्ट्रेलियाको फाइनलमा रकी गादरकोल शो मोडलको रूपमा र्याम्प वाक प्रदर्शन गरेकी थिइन् । विभिन्न सार्वजनिक कार्यक्रमको उद्घोषण समेत गर्ने गरेकी रावत मिस ग्ल्यामर लुक अष्ट्रेलिया २०१९ को टप ५ मा समेत उनी छनोट भएकी थिइन् । वेस्टर्न सिड्नी विश्वविद्यालयमा नेपाली विद्यार्थीहरूको कार्यक्रम संयोजकको भूमिकामा रहेर काम गरेकी उनीसँग बूमटाउन शिखर सम्मेलनमा सहभागी भएको अनुभव पनि छ ।

सामाजिक कामहरूमा सक्रिय रावतले मानसिक स्वास्थ्य, लागूपदार्थ र मदिरा दुर्व्यसनी रोक्नका लागि समेत काम गर्दै आएकी छन् । रावतले राष्ट्रिय नेतृत्व मञ्च, प्रतिनिधि २०२२, अस्ट्रेलियामा युवा नेताका रूपमा छनोट भई संसद् भवनमा ३ दिनसम्म नेपालको प्रतिनिधित्व गरेकी छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker