कोरोना विरुद्धको तेश्रो चरणको खोप आज र भोली लगाइदै

भञ्ज्याङ समाचारदाता/दमौली

६२ देखि ६४ वर्ष उमेर समुहका करिब ४ हजार ९०० जनालाई खोप लगाईदै

कोभिड-१९ विरुद्धको तेस्रो चरणको खोप जेठ २५ र २६ गते दिइने भएको छ । स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार जिल्लामा रहेका ६२, ६३ र ६४ वर्ष उमेर समूहका व्यक्तिलाई खोप दिने तयारी गरिएको छ । चीन सरकारको अनुदानमा प्राप्त ‘भेरोसिल’ खोप जिल्लामा ४ हजार ९ सय डोज आइसकेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले बताए । उनका अनुसार यो खोप जो जहाँ छ त्यही लगाउने गरी तयारी गरिएको छ । तनहुँका १० वटै पालिकाका हरेक वडामा नै खोपको व्यवस्था गरिएको उनले बताए ।

यस्तै, सरकारले खोप ल्याउने तयारीलाई प्राथमिकतामा राखेका कारण १८ वर्ष उमेर समुह माथिका सबैलाई यही असार मसान्तसम्म कोरोना विरुद्धको खोप लगाउने सकिने सम्भावना बढेको प्रमुख अधिकारीले बताए ।

कोरोना कहरका कारण भीडभाड नगरी स्वास्थ्य मापदण्डको पालना गर्दै खोप दिन लागिएको हो । उनले भने, ‘खोप अभियान दुइ दिनसम्म चल्नेछ, स्वास्थ्य मापदण्डको पालना गर्दै खोप दिइनेछ ।’

जिल्लामा यसअघि दुइ चरणको खोप अभियान सम्पन्न भएको छ । पहिलो चरणमा २२ हजार २४० जनालाई र दोश्रो चरणको ५ हजार २२९ जनालाई कोरोना विरुद्धको खोप लगाइएपनि दोश्रो चरणको खोप लगाउनले खोपको दोश्रो डोज लगाउन नपाएको र अब छिट्टै उनिहरुलाई पनि खोप लगाउने तयारी गरिएको छ ।

यस्तै, सरकारले कोभिड-१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ को दोस्रो मात्रा खोपको सट्टामा ‘एस्ट्राजेनिका’ खोप लगाउने भएको छ । कोभिशिल्ड उत्पादक भारतीय कम्पनी सिरम इन्स्टीच्युट र कोभ्याक्स सुविधाले दुवैले तत्काल ‘कोभिशिल्ड’ खोप दिन नसक्ने बताएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कोभिशिल्ड’को सट्टामा उस्तै प्रकृतिको खोप ‘एस्ट्राजेनिका’ दिने भएको हो ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा तारानाथ पोखरेलले भारतबाट कोभिशिल्ड खोप नआए पनि त्यसको विकल्पमा दोस्रो मात्राको खोप एस्ट्राजेनिका लगाइने भएको जानकारी दिए । उनले कोभिशिल्ड र एस्ट्राजेनिका खोप एउटै कम्पनी र एउटै फर्मुलामा बनेकाले लगाउन केही फरक नपर्ने बताए । कहिलेबाट लगाइने भन्ने अझै टुङ्गो लागेको छैन ।

खोपको पहिलो मात्रा लगाएको १२ देखि १६ हप्ता बीचमा दोस्रो मात्रा लगाइसक्नुपर्ने हुन्छ । ‘खोप उत्पादक कम्पनी र कोभ्याक्स सुविधा दुबैले खोप उपलब्ध गराउन अर्समर्थ भएको पत्र प्राप्त भएकाले तोकिएको मितिमा कोभिशिल्डको दोस्रो मात्रा दिन नसकिएको जानकारी गराउँछौ’, उनले जारि गरेको सूचनामा भनिएको छ, ‘उक्त खोपको विकल्पमा एउटै प्रकृतिको एस्ट्राजेनिका खोप नेपाललाई प्राप्त भएपश्चात् १२ हप्तापछि पनि सो खोपलाई दोस्रो मात्राका रूपमा लगाउने व्यवस्था मिलाइएको छ ।’

उनले एस्ट्राजेनिकाको दोस्रो मात्राको खोपका लागि प्रतीक्षारत रहनसमेत आग्रह गरेका छन् । गत फागुन २३ देखि चैत १० गतेसम्म ६५ वर्षमाथि उमेर समूहका करीब साढे १४ लाख व्यक्तिलाई ‘कोभिशिल्ड’ को पहिलो मात्रा लगाइएको थियो। दोस्रो मात्राका लागि खोप नआएपछि अहिले ती व्यक्तिले लगाउन पाएका छैनन् ।

सरकार कोभिशिल्ड खोप उत्पादक कम्पनी सिरम इन्स्टीच्युटसँग खरीद गरेको १० लाख मात्रा खोप नआएपछि दोस्रो मात्राको खोप दिन असमर्थ भएको हो । उनले खोपको पहिलो मात्राले पनि कोभिड-१९ रोगबाट बचाउन मद्दत गर्ने उल्लेख गरे । नेपालमा अहिलेसम्म करीब २१ लाख १३ हजार ८० जनाले पहिलो मात्राको खोप र छ लाख ९१ हजार १८४ जनाले दोस्रो मात्राको खोप लगाइसकेका छन् । मंगलबार मन्त्रालयले ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई भेरोसेल खोप प्रदान गर्दैछ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker