भर्चुवल प्रविधिबाट खोज पत्रकारिता तालिम

भञ्ज्याङ न्यूज

नेपाल पत्रकार महासंघ तनहुँले जिल्लाका क्रियाशिल पत्रकारलाई भर्चुवल प्रविधि मार्फ पत्रकारिता सम्बन्धी तालिम तथा पुनःताजगि कार्यक्रम सञ्चालन गरेको छ । महासंघले शुक्रबार र शनिबार गरी दुइ दिनसम्म उक्त कार्यक्रम सञ्चालन गरेको हो । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवं खोज पत्रकारिता केन्द्रमा लामो समय नेतृत्व गरेका शिव गाउँलेले खोज पत्रकारिता सम्बन्धी तालिम दिएका छन् ।

पूर्व अध्यक्ष गाउँलेले तालिमका क्रममा पत्रकारिता र खोज पत्रकारिता एउटै नभई फरक विधाका रूपमा स्थापित भएको बताएका छन् । पत्रकारितामा खोजका मुद्दा विषयक तालीममा बोल्दै गाउँलेले सामान्य बेलामा गर्ने भन्दा खोज पत्रकारिता फरक पाटो रहेको उल्लेख गरे ।

‘भित्रसम्म गएर खोतल्ने र अनुसन्धान गर्ने विधा खोज पत्रकारिता हो, आजभोलि खोज पत्रकारितामा छुट्टै विधाको रूपमा चिनिन थालेको छ’, गाउँलेले भने, ‘कसैले दिएको सूचना र्सार्वजनिक गर्नु खोज पत्रकारिता होइन, पत्रकारले आफैँले मिहेनत गरेर र्सार्वजनिक गरेको विषयवस्तु खोज पत्रकारिता हो ।’

खोज पत्रकारिता चुनौतिपूर्ण रहेको उल्लेख गर्दै गाउँलेले यसका लागि समय, स्रोत र ज्ञान आवश्यक पर्ने बताए । ‘खोज पत्रकारिताले समय बढी माग गर्छ, साधन स्रोतको माग गर्छ’, गाउँलेले भने, ‘राम्रो रिपोर्ट बनाउन समय र पैसा दुवै चाहिने भएकाले खोज पत्रकारिता सामान्य विधा हो भन्दा भन्दै पनि फरक विधाको रूपमा स्थापित भइसकेको छ ।’

गाउँलेले खोज पत्रकारिता गर्ने क्रममा पत्रकार एकदमै संवेदनशील हुनुपर्ने चर्चा गर्दै निजी मामिलामा प्रवेश गरी गाली बेइज्जती हुने खालका पत्रकारिता गर्न नपाइने बताए । गाउँलेले खोज पत्रकारिता भनेको के हो, खोज पत्रकारिता गर्ने तरिका, माध्यम, खोज पत्रकारिताका सीमा र खोज पत्रकारिता विषयका बारेमा सहजिकरण गरेका थिए ।

महासंघका केन्द्रीय सदस्य प्रदिप काफ्लेले देशका सबै तहमा भ्रष्टचार मौलाएको, पारदर्शिताको खडेरी परेको र जनअपेक्षा अनुसार काम नभएकाले पत्रकारले सशक्त रुपमा कलम चालउनु पर्नेमा बताए ।

शुक्रबारदेखि शुरु तालीमको पहिलो दिन ‘संघीयतामा स्थानीय तह र रिपोर्टिङका हाम्रा मुद्दा’ विषयमा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धमेन्द्र झाले प्रस्तुतीकरण गरेका थिए । कोरोना कहर र निषेधाज्ञाका कारण क्रियाशील पत्रकारहरू घरमै बसेर पत्रकारिता गरिरहेको अवस्थामा भर्चुअल माध्यमबाट तालीम आयोजना गरिएको शाखाका अध्यक्ष उज्वल पौडेलले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker