यसपालिको मनसुनमा सरदरभन्दा धेरै वर्षाको आकलन : कुन ठाउँमा बढी वर्षा हुने ?

यसपालिको मनसुन सिजनमा सरदरभन्दा बढी वर्षा हुने आकलन जल तथा मौसम विज्ञान विभागले गरेको छ।विभागका वरिष्ठ मौसमविद् विभूति पोखरेलले चार महिनाको मनसुन सिजनमा सरदरभन्दा बढी वर्षा र अधिकतम, न्यूनतम दुवै तापक्रम पनि बढी हुने देखिएको बुधबार काठमाडौंमा मनसुन आउटलुक फोरम कार्यक्रममा बताइन्।

तर, सिजनभर सरदरभन्दा बढी वर्षा भने पनि कुनै ठाउँमा धेरै, कुनै ठाउँमा सरदर वर्षा हुन सक्ने र वेलावेला मनसुन ब्रेकको पनि सम्भावना रहेको उनले बताइन्। उनका अनुसार कर्णालीको पूर्वी, लुम्बिनीको उत्तरी र गण्डकीका अधिकांश भूभागमा सरदरभन्दा धेरै वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत छ।

सुदूरपश्चिमका तराई, लुम्बिनीका पश्चिम तराई, गण्डकीको उत्तर, पूर्वी भूभाग, बागमती र कोशीका उत्तरी भूभागमा पनि सरदरभन्दा धेरै वर्षा हुने आकलन छ। तर, मधेशका पूर्वी र दक्षिणी भेगमा सरदरभन्दा बढी वर्षाको सम्भावना ३५ देखि ४५ प्रतिशत छ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker