अध्यक्ष गुरुङद्वारा कल्याणकारी कोषमा आर्थिक सहयोग
भञ्ज्याङ समाचारदाता/दमौली

नेपाल पत्रकार महासंघ तनहुँ शाखाले स्थापना गरेको पत्रकार कल्याणकारी कोषमा तमु धिं नेपालको अध्यक्ष हुम गुरुङ्गले आर्थिक सहयोग गरेका छन् । महासंघ तनहुँ शाखाका अध्यक्ष उज्वल पौडेललाई गुरुङ्गले पाँच हजार रुपयाँ रकम हस्तान्तरण गरेका हुन् ।
आदीवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेश इन्चार्ज समेत रहेका गुरुङ्ग अग्रज पत्रकार समेत हुन् । पोखर महानगरपालिका-१४ मा बस्दै आएका गुरुङ्ग बिभिन्न समाजिक संघ संस्थाको नेतृत्वदायी भूमिकामा सक्रिय छन् ।
संचार क्षेत्र र संचारकर्मिहरुको हितमा खर्च हुने कल्याणकारी कोषमा सहयोग गर्न पाँउदा आफुलाई खुशी लागेको गुरुङ्गले बताए । नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष पौडेलले कल्याणकारी कोषमा गरेको सहयोग प्रति आभार ब्यक्त गरे ।