बैंक एटिएम तोडफोड गर्न खोज्ने व्यक्ति लागु औषधसहित पक्राउ

  • भञ्ज्याङ समाचारदाता (दमौली)

तनहुँको ब्यास नगरपालिका-४ ट्राफिकचोकस्थित राजमार्ग सडक किनारामा रहेको माछापुच्छ्रे बैंकको एटिएम मेसिन तोडफोड गर्न खोज्ने एक व्यक्ति पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले बिहीबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा पर्सा पटेर्वा सुगौली गाउँपालिका-२ रंगपुरटाढीका १९ वर्षीय किरण बानिया रहेको जिल्ला प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी गराएका छन् ।

‘एटिएम बक्स तोडफोड गरी पैसा लुट्ने योजनाको साथ एटिएमको पिनहरु स्क्रुपको सहायताले खोल्दै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिइएको हो’ उनले भने, ‘पछि किरणको शरिर खानतलासी लिंदा उसले बोकेको झोत्रा भित्र नाइट्राजिपामको १३५ ट्याब्लेट लागुऔषध बरामद भएको हो ।’ साथै उनले प्रयोग गरेको ग ११ प ९९६५ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिई थप अनुसन्धन भैरहेको कार्यालयले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker