तनहुँको दमौली अस्पतालमा ३१ हजार पटक डायलासिस सेवा

  • भञ्ज्याङ समाचारदाता (दमौली)

तनहुँको दमौली अस्पतालमा राष्ट्रिय मिर्गौला उपचार केन्द्रमार्फत सञ्चालित शत्रुधन मञ्जु डायलासिस केन्द्रले पाँच वर्षको अवधिमा ३१ हजार २१६ पटक डायलालिस सेवा प्रवाह गरेको छ । विसं २०७२ मंसिर ३ गते स्थापना भएको केन्द्रले यस अवधिमा २४५ मिर्गौला पीडितलाई सेवा प्रवाह गरेको हो । केन्द्रका प्रमुख शैलेश पण्डितले यस अवधिमा तनहुँ सहित कास्की, स्याङ्जा, लमजुङ र गोरखा जिल्लाका मिर्गौला पीडितलाई पनि डायलासिस सेवा प्रदान गरिएको जानकारी दिए । उनका अनुसार केन्द्रबाट हाल २४ जना मिर्गौला पीडितले नियमित डायलासिस सेवा लिइरहेका छन् । केन्द्रमा नौवटा उपकरण रहेकामा आठवटा उपकरण सञ्चालनमा रहेको छ ।

हेल्थ केयर फाउन्डेसन अफ नेपालले अस्पतालमा डायलासिस केन्द्र स्थापना गरेको थियो । केन्द्रमा शुरुमा रु एक करोड २० लाखको लागतमा ६ वटा डायलाइसिस उपकरण जडान गरिएको थियो । पछि तीनवटा उपकरण थप गरिएको छ । केन्द्रका लागि मञ्जु उपाध्यायले आफ्ना स्व पति शत्रुधन उपाध्यायको स्मृतिमा शुरुमा रु एक करोड सहयोग गर्नुभएको थियो भने पछि उपकरण थप गर्नका लागि रु २५ लाख सहयोग गर्नुभएको थियो ।

जिल्लामा डायलासिसका लागि सेवा नहुँदा मिर्गौला पीडितलाई यस अगाडि अन्यत्रै जिल्लामा गएर सेवा लिनुपर्ने बाध्यता थियो । यस केन्द्रले तनहुँका अतिरिक्त छिमेकी जिल्लाका मिर्गाैला पीडितलाई पनि सेवा प्रवाह गरिरहेको व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिए । व्यास नगरपालिका-४ अब्दुल गफ्फार मियाँले जिल्लामै डायलासिसका लागि सुविधा भएपछि सहज भएको बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker