तनहुँको आँवुखैरेनी-४ को वडा कार्यालय भवन उद्घाटन

भञ्ज्याङ समाचारदाता/आँवुखैरेनी

तनहुँको आँबुखैरेनी गाउँपालिकाको वडा नं. ४ को वडा कार्यालय भवनको उद्घाटन गरिएको छ । ५२ लाख ४१ हजार रुपैयाँ लागतमा निर्माण गरिएको भवनको विहीबार पूर्व मन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीले उद्घाटन गरेका हुन्। भवन उद्घाटन गर्दै नेता भण्डारीले गाउँपालिकाले विकासमा प्रगति गरिरहेको बताए । उनले कांग्रेसको नेतृत्वमा विकासले गति लिइरहेको भन्दै आगामी दिनमा पनि थप विकास हुने अपेक्षा गरे । गाउँपालिकाले उदाहरणीय विकास गरेको उनले बताए ।

भिजन निर्माण सेवाले निर्माण गरेको भवन उद्घाटन कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराइले विकेन्द्रीकरण र संघीयता काँग्रेसकै कारण सफल भएको भन्दै अब झन विकास हुने बताए । उनले चुनावमा कांग्रेस बलियो शक्ति बन्ने र विकासले गति पाउने बताए ।

गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले गाउँ र सहर दुवै क्षेत्रमा समानुपातिक विकास अघि बढाइरहेको र जनताको आवश्यकाता पहिचान गरी विकासका कार्यक्रम अगाडि बढाएको बताए । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद पोख्रेलले २०७७ साल जेठमा सम्झौता भएर चैत्रमा भवन सम्पन्न भएको जानकारी गराए । गाउँपालिकाका सबै वडामा आ-आफ्नै कार्यालय बनाउने योजनामा गाउँपालिका लागेको जानकारी गराए । कार्यक्रममा कांग्रेस नेताहरु आनन्दराज त्रिपाठी, रामचन्द्र अधिकारी लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker