रास्वपाले संसद्मा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्दै आएको छ : सांसद वाग्ले

भञ्ज्याङ समाचारदाता/दमौली

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति एवं सांसद डा स्वर्णिम वाग्लेले संसद्मा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्दै आएको बताएका छन् । तनहुँ उद्योग वाणिज्य संघको १७औं महाअधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई शनिबार दमौलीमा पदस्थापन गराउँदै उनले रास्वपा अब सदन र सडक दुबैमा क्रियाशिल हुने बताए ।
‘हामी संसद्मा विभिन्न विधेयक दर्ता गर्र्छौ तर अहिलेको प्रणालीले बहुमतका आधारमा ती विधेयक फेल हुने गरेका छन् । त्यस्ता विधेयकहरू जनताका माझ लगेर यो ठीक छ वा छैन भनेर सोध्छौं’, उनले भने, ‘राजनीतिलाई सङ्ल्याउँदै विकृति र विसङ्गति हटाउनेतर्फ सबै लाग्नुपर्छ । त्यसका लागि राजनीतिक दल नै जिम्मेवार बन्नुपर्ने बेला आएको छ ।’
मुलुकको वर्तमान अवस्थाका विषयमा चर्चा गर्दै उनले मुलुक बन्छ भन्ने आशा जगाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । उनले भने, ‘अहिले युवापुस्तामा नेपालमा केही हुँदैन भन्ने निराशा पैदा भएको छ । निराशाले मुलुक समृद्ध नहुने भएकाले आशाको किरण जगाउनुपर्ने बेला आएको छ ।’
‘सधैं निराशाका कुरा गरेर मात्र हुँदैन । मुलुकलाई समृद्ध बनाउन सकिन्छ, त्यसका लागि सबै आशावादी बन्नुपर्छ’, सांसद वाग्लेले भने, ‘देशभरका अलपत्र विकास योजनामा पनि रास्वपाले खबरदारी गर्ने नीति लिएको छ । अर्थतन्त्रलाई सही मार्गमा ल्याउनुपर्ने आवश्यकता छ । सार्वजनिक खर्चमा देखिएको शिथिलतालाई समाधान गर्नुपर्छ ।’
उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले जिल्लामा लगानीका वातावरण भित्र्याउनेतर्फ लाग्नुपर्नेमा जोड दिए । म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले राष्ट्रियताको भावना विकास भएमात्रै मुलुक बन्न सक्ने चर्चा गर्दै निराशाका कुरा होइन आशाको कुरा र काम गर्नुपर्ने समय आएको बताए ।
यस्तै, संघको १७औं महाअधिवेशनबाट निर्वाचित पदाधिकारीलाई पदस्थापन गराइएको छ । संघको कार्यालयमा आयोजित कार्यक्रममा नवनिर्वाचित अध्यक्ष वैकुण्ठनाथ मिश्रलाई निवर्तमान अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले शपथग्रहण गराएका छन् ।
त्यस्तै मिश्रले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शपथग्रहण गराएका थिए । सोही अवसरमा निवर्तमान अध्यक्ष श्रेष्ठले नवनिर्वाचित अध्यक्ष मिश्रलाई माइन्युट हस्तान्तरण गरेका छन् ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष वैकुण्ठनाथ मिश्रले संस्थाको गरिमालाई अझ उचो बनाउने प्रतिबद्धता जनाउँदै व्यवपारी व्यवसायिको हक हितका विषयमा लागि पर्ने बताए ।
यस्तै, नवनिर्वाचित कार्यसमितिको शनिबार बसेको पहिलो बैठकबाट महासचिवमा सुबोध अधिकारी, सचिवमा शिव ओम मल्ल, सह-कोषाध्यक्षमा प्रकाशचन्द्र हड्खले, महिला सदस्यमा शकुन्तला आलेलाई मनोनित गरिएको संघका अध्यक्ष मिश्रले जानकारी गराए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker