जिल्ला प्रशासन कार्यालय तनहुँले बिहान ७ बजेदेखि सेवा प्रवाह गर्ने

दमौली : जिल्ला प्रशासन कार्यालय तनहुँले बिहान ७ बजेदेखि सेवा प्रवाह गर्ने भएको छ । कार्यालयले नागरिकता र राष्ट्रिय परिचयपत्रका लागि भोली शुक्रबारबाट बिहान ७ बजेदेखि सेवा दिने भएको हो ।
कार्यालयमा नयाँ नागरिकता र राष्ट्रिय परिचयपत्र दर्ताका लागि आउने सेवाग्राहीको चाप बढेपछि कार्यालयले बिहान ७ बजेदेखि ५ बजेसम्म सेवा दिन लागेको सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले जानकारी गराए ।
‘बढ्दो गर्मीका कारण चापले सेवाग्राहीलाई सास्ती भएकाले बिहानैदेखि सेवा प्रवाह गर्न लागिएको हो’, उनले भने ‘सेवा प्रवाहलाई व्यवस्थित गराउन बिहानैदेखि सेवा प्रवाह हुनेछ । अर्को सूचना प्रकाशित नभएसम्मका लागि ७ बजेदेखि सेवा सुरु हुनेछ ।’