किसान कोदो रोप्न व्यस्त

रासस/लमजुङ

कोरोना संक्रमणका कारण जिल्लामा जारी निषेधाज्ञाबीच यहाँका किसान यतिबेला कोदो रोप्न व्यस्त छन् । समयमै पानी परेकाले धान र कोदो रोप्न सहज भएको हो । हालसम्म जिल्लाभर करिव ३५ प्रतिशत जमीनमा कोदो रोपिएको छ। कृषि ज्ञान केन्द्रका सूचना अधिकारी मदन रेग्मीले जिल्लाभर नै कोदो रोप्न थालिएकामा चिसो ठाउँ, मकैबारीभित्र र मकै भाँचिसकेका बारीमा पनि किसानले कोदो रोपिरहेका छन् भन्नुभयो ।

दोर्दी गाउँपालिका-३ का किसान बुद्धिमान श्रेष्ठले भन्नुभयो, “धान रोपेर बसेका यहाँका किसानलाई कोदो रोप्न भ्याइनभ्याइ छ । कोरोना संक्रमणको जोखिम कायमै रहेका बेलामा त्यसको डरभन्दा पनि कोदो रोप्ने चिन्तामै किसान रुमल्लिएका छन् ।” दोर्दी गाउँपालिका-५ पाचोकस्थित सिमरुङगाउँका कुमार तामाङले साउनको पहिलो हप्ताबाटै कोदो रोप्न थालिएको बताउनुभयो। उहाँले भन्नुभयो, “खेतीपातीको समय भएकाले धान रोपाइँ सक्नासाथ कोदो रोप्न व्यस्त छु ।” मर्स्याङ्दी गाउँपालिका-६ लामपाटा गाउँकी शान्तिमाया तामाङले पनि कोदो रोप्दा रोप्दै दिनबित्ने गरेको र अहिले पर्म तिर्नका लागि पनि रोप्न जानुपरेको बताउनुभयो । आलोपालो गरेरै यहाँका किसान कोदो रोप्ने गरेका छन् ।

कार्यालयका प्रमुख रोहीणीराज घिमिरका अनुसार जिल्लाका दोर्दी, नाल्मा, भुलभुले, पसगाउँ, भोँजे, गिलुङ, मालिङ, करापुलगायत गाउँमा कोदो उत्पादन राम्रो हुँदै आएको छ । जिल्लामा सात हजार ९१९ हेक्टर जमीनमा कोदो रापाइँ हुँदै आएकामा करीब ६ हजार १६० मेटि्रकटन कोदो उत्पादन हुने गरेको उहाँको भनाइ थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker