सम्झौताअनुसार सेवासुविधा नदिने कम्पनीमा नेपाली श्रमिक नपठाइने

सरकारले वैदेशिक रोजगारीमा रहेका श्रमिकले व्यहोर्दै आएका समस्याको समाधान खोज्न छलफल थालेको छ । जिम्मेवारी सम्हालेलगत्तै श्रम क्षेत्रको सुधारमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सरोकारवालासँगको छलफललाई तीव्र पार्नुभएको छ ।

सोही अवसरमा आज मन्त्री श्रेष्ठले वैदेशिक रोजगारबाट फर्केका नेपाली श्रमिकसँग छलफल गर्नुभयो । छलफलमा सहभागीले स्वदेश फिर्ती, नेपाली श्रमिकले वैदेशिक रोजगारीमा भोग्नुपरेको बेथिति, वैदेशिक रोजगारीको सुरुआतदेखि नेपाल नफर्केसम्म नेपालीमाथि हुने गरेको ठगी र सरकारले तोकेका सेवासुविधा नपाएको गुनासो गरेका थिए ।

उनीहरुले बाध्यात्मक रुपमा वैदेशिक रोजगारी जानु परेको यथार्थ सुनाउँदै स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न र स्वदेश फर्केका युवाको पुनःएकीकरणमा ध्यान दिन आग्रह गरेका थिए । अझै पनि स्वदेशमा रोजगारीको अवसर नभएको हुँदा दैनिक हजारौँ युवा विदेसिन बाध्य छन् ।

स्वदेश फर्केका युवाले कोरोना महामारीका कारण रोजगारी गुमाएर फर्कंदा बाँकी पारिश्रमिकसमेत नपाएको गुनासो उनीहरुको थियो । सम्झौताअनुसार काम र पारिश्रमिक नपाएको, बिरामी हुँदा उपचार नपाएको तथा नेपाल फर्कनुपर्दा चन्दा सङ्कलन गर्नुपरेको उनीहरुको भनाइ थियो । उनीहरुले हातमा सीप नहुँदा विदेशी भूमिमा दुःख पाएको र अन्य देशका श्रमिक सरह सुविधा नपाएको, गैरकानुनी बाटोबाट गएका घरेलु कामदारहरुले न्यून पारिश्रमिकमा काम गर्नुपरेको तथा हिंसाको शिकार भएको बताएका थिए ।

वैदेशिक रोजगारीका क्रममा नेपाली श्रमिकको भोगाइ सुनेपछि मन्त्री श्रेष्ठले सम्झौताअनुसार सेवासुविधा नदिने कम्पनीलाई कालोसूचीमा राखिने र त्यस्ता कम्पनीमा नेपाली पठाउन बन्द गरिने बताउनुभयो । वैदेशिक रोजगारीबाट फर्केका श्रमिकलाई पुनर्मिलन, सामाजिक तथा आर्थिक सशक्तीकरण गर्दै अगाडि बढाउने उहाँले बताउनुभयो ।

मन्त्रालयले वैदेशिक रोजगारबाट फर्केका युवालाई पुनःएकीकरण गर्न कार्यविधि तयार गरिरहेको छ । कार्यक्रममा आप्रवासी कामदारको पक्षमा काम गरिरहेका संस्थाका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker